नेकपा माओवादी केन्द्र दाङको चुनावकेन्द्रित अभियान तिब्र

गणतन्त्रनेपाल समाचारदाता

नेकपा माओवादी केन्द्र दाङले चुनावकेन्द्रित शुरु गरेको छ ।जिल्ला समन्वय समितिको बैठकले गरेका निर्णयअनुसार अभियान शुरु गरिएको जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

जसअनुसार भदौ २३ गते जनवर्गी संगठनहरुको संयुक्त बैठक सम्पन्न भइसकेको छ भने भदौ क्षेत्र नम्बर १ को बैठक भदौ २५ गते सम्पन्न भएको छ । त्यस्तै क्षेत्र नं. २ को भदौ २६ र क्षेत्र नं. ३ को भदौ २७ गते गरिने सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्र दाङले पालिका बैठकको मिति पनि तय गरेको छ । जसअनुसार राप्ती गाउँपालिकाको बैठक भदौ २८, गढवा गाउँपालिकाको बैठक भदौ २९, राजपुर गाउँपालिकाको बैठक भदौ ३०, लमही नगरपालिकाको बैठक भदौ ३१ गते, बंगलाचुुली गाउँपालिकाको बैठक असोज १ गते, घोराही उपमहानगरपालिकाको बैठक भदौ २८ गते, तुलसीपुुर उपहानगरपालिकाको बैठक भदौ २९ गते, दंगीशरण गाउँपालिकाको बैठक भदौ ३० गते, शान्तिनगर गाउँपालिकाको बैठक भदौ ३१ गते र बबई गाउँपालिकाको बैठक भदौ २१ गते तय गरिएको सचिव आचार्यले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको बैठकले प्रदेश निर्वाचन क्षेत्रस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणको पनि मिति तय गरेको छ । जसअनुसार १ (१) को भेला असोज २ गते, १(२)को असोज ३ मा, २(१)को असोज ४ मा, २ (२)को असोज २ मा, ३(१)को असोज ३ मा र ३(२)को भेला असोज ४ गते हुने छ ।

बैठकले स्थानीय तह परिचालन विभागको कार्यशाला गोष्ठी आगामी असोज ५ गते गर्ने निर्णय गरेको छ, जसमा दश वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु सहभागीह हुनेछन् ।

त्यस्तै जिल्ला भूमि आयोगसँग सम्वन्धित कार्यशाला गोष्ठी असोज ६ गते हुने छ ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङको चौथो पूर्ण बैठकले सो निर्णय गरेको हो ।

जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य रेखा शर्माको प्रमुख आतिथ्यता एवं पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क.निर्मल आचार्य, पार्टीका केन्द्रीय सदस्यहरु हेमराज शर्मा, इन्द्रजीत थारु, धनबहादुुर मास्के, दामा शर्मा , नारायणी शर्मा, भीमकुुमारी बुढा, केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु शुुष्मा शर्मा घिमिरे, शेषुुराम भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहित, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य मस्त श्रेष्ठ, लुम्विनी प्रदेश पार्टी अध्यक्ष सदर्शन बराल, पार्टीका प्रदेश सल्लाहकार समितिका अध्यक्ष नरबहादुर अधिकारी लगायतकाको उपस्थितिमा बैठक बसेको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID