गढवामा नेपाल इन्द्र फाउन्डेसन केन्द्रिय कार्यालयको समुद्घाटन

आलोक भावुक

नेपाल इन्द्र फाउन्डेसन केन्द्रिय कार्यालयको आज गढवामा एक कार्यक्रमको बिच समुद्घाटन गरिएको छ।

फाउण्डेशनका अध्यक्ष जगदिश यादवको सभापतित्व तथा गढवा गाउँपालिका वार्ड नम्बर ६ का वडाध्यक्ष वीर बहादुर आले मगरको प्रमुख आतिथ्यमा तथा नेपाल अवधि सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष पट्वारी यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विरबहादुर आलेमगरले नेपाल इन्द्र फाउन्डेसनले शिक्षाको क्षेत्रमा सुधार ल्याउने उद्देश्यले खुलेको भन्दै सफलताको शुभकामना दिदै प्रशंसा समेत गर्नु भयो। धेरै मानिसहरुबाट शिक्षा बिग्रियो,व्यवहारिक हुन सकेन, नतिजा खस्क्यो, रोजगारमूलक शिक्षा भएन, शिक्षामा अनियमितता र बेथिति बढ्यो, शिक्षामा गुणस्तर सुधारको अवश्यकता रहेको भन्दै यस क्षेत्रमाा काम गर्दा वडाको सहयोग रहने बताउनुभयो।

त्यसैगरी नेपालइन्द्र फाउन्डेसनले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा दाङ जिल्ला प्रथम हुन सफल छात्रा नर्मदा चौधरीलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरेको फाउन्डेसनका अध्यक्ष जगदीश यादवले जानकारी दिनु भयो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवा का प्रहरी नायब निरीक्षक पावन कुमार चौधरी, नेपाल अवधि सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष पट्वारी यादव लगाएतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा फाउण्डेशनका संस्थापक कोषाध्यक्ष लक्ष्मी चौधरी, सदस्य कोकिल आचार्य, सदस्य सुबास चौधरी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाकी सदस्य कोकिल आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन आर. के. ले गर्नु भयकाे थियाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID