राजपुरमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

आलोक भावुक

राजपुर गाउँपालिकामा भर्याङ बाट लडेर एक जनाको मृत्यु भएको छ।

राजपुर गाउँपालिकामा वडा नम्बर ३ कालिपुरवाका आन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङ बाट लडेर मृत्यु भएको हो।

यादव रातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्‍याङबाट लडेर घाइते भएका थिए।

घाइते यादवको र कानबाट रगत बगेकोले उपचारका लागि भैरहवा लगेको पारिवारिक स्रोतले जनाएको छ। घाईते यादवलाई आज अस्पतालले मृत घोषित गरेको हो।

मृतक यादवको यही हप्ता छोरो जन्मिएको थियो। चार जना दिदि बहिनी र तिन भाई छोरा मध्ये मृतक यादव माईला छोरा हुन् । यादव एकदमै मिलनसार र सहयोगी थिए, अचानक मृत्युको खबरले परिवर, गाउँ समाज सोक डुबेको स्थानीय हेमराज यादवले बताउनु भयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID