
गढवा-२१ भाद्र
गढवा गाउँपालिका वडा नम्बर ६ को झिङाहाका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पार्टी क्रियाशील सदस्य ६० स्वर्गीय बेलसरा पुनको ५औ दिनमा शोकसभा तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

माओवादी केन्द्र गढवा वडा नम्बर छका अध्यक्ष महेश अधिकारीको अध्यक्षता तथा माओवादी केन्द्रका गढवा गाउँपालिका सह इन्चार्ज आरडी यादवको प्रमुख आतिथ्य तथा माओवादी केन्द्र गढवा गाउँपालिका उपाध्यक्ष देवराज यादवको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
सोकसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा माओवादी केन्द्रका गढवा गाउँपालिका सह इन्चार्ज आरडी यादवले स्वर्गीय पुनको निधनले सिङ्गो पार्टी र समाज लाई अतुलनीय क्षति भएको बताउनु भयो। सरल स्वभाव ,उच्च बिचार ,निस्वार्थ भावना , सर्बहारा,श्रमजीवी जनताको मुक्तिका लागि निरन्तर लागि पर्नुभएको भन्दै स्वर्गीय पुनको मार्गदर्शन लाई आत्मसात गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी शोक सभामा बोल्दै माओवादी केन्द्र गढवा वडा नम्बर छ का अध्यक्ष महेश अधिकारीले स्वर्गीय पुनले माओवादी केन्द्र समाज परिवर्तनमा पुर्याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । शोक सभा कार्यक्रमको सन्चालन माओवादी केन्द्र गढवा वडा नम्वर – ६का सचिव परियारले गर्नु भएको थियो ।





