प्रमुख प्रशासकीय अधिकृत योगी काभ्रेपलान्चोक सरुवा

आलोक भावुक

गढवा, २० भाद्र

गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी सरुवा हुनु भएको छ । ढाइ वर्ष भन्दा बढी गढवा गाउँपालिकामा रही प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नु भएको गढवा गाउँपालिकाले जनाएको छ । अधिकृत योगी गढवा गाउँपालिका बाट सरुवा भएर काभ्रेपलान्चोकमा जाने हुनु भएको छ। अधिकृत योगिलाई सोमबार गाउँपालिकाले एक कार्यक्रमका विच सम्मान सहित विदाइ गरिएको छ ।

कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले योगी कुशल प्रशासक रहेको चर्चा गर्दै उनले गढवाको समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताएका बताउनुभयो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लामो समय सहकार्य गर्न नपाएको भएतापनि छोटो समयको सहकार्यले धेरै कुरा सिकाएको भन्दै प्रशंसा गर्नु भएको थियो ।जाहा गएपनि सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

विदाइ भएर जाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत योगीले आफुले गढवाबाट धेरै अनुभव संगालेको बताउनुभयो । कर्मचारि तथा जनप्रतिनिधीसंग कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने धेरै विषयको अनुभव गढवा गाउँपालिकाबाट प्राप्त गरेको उनको भनाइ थियो ।

प्रशासन प्रमुख पुनाराम शर्माले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिकाका रोजगार शाखा प्रमुख अशोक कुमार यादव, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, योजना शाखा प्रमुख कुलराज कुमाल लगाएतकाले विदाइ मन्तव्य राख्दै योगीमा सबै कर्मचारिलाई समान नजरले हेर्ने प्रशासक भएको भन्दै उनको प्रसंशा गरेका थिए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID