
गढवा गाउँपालिकाको कार्यालयले कार्यालयको मुलगेटमा हेल्पडेस्क स्थापना गरेको छ । पालिकाले अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अन्य सरोकारवालाको लागि कार्यालयको मुख्यद्वारमा सहायता कक्षा (हेल्प डेस्क) सञ्चालनमा ल्याएको गढवा गाउँपालिकाले जनाएको छ ।

हेल्पडेस्क नहुंदा सर्वसाधारणहरुलाई सास्ती भोग्नु परेको थियो । सहयता कक्षा सञ्चालन भएपछी सबै कोठामा पुग्न नपर्ने र आफुले चाहेको सेवाका सम्बन्धमा आवश्यक जानकारी यही डेस्कबाट प्राप्त गर्दा एकदमै खुशी लागेको स्थानीय छविलाल चौधरी बताउछन्।
७१ वर्षीय चौधरी सामाजिक सुरक्षा शाखामा जानकारी लिनका लागी पहिलो गढवा गाउँपालिकामा आउनु भएको थियो। चौधरी लाई देख्ने बित्तिकै सहायता कक्षाका कर्मचारी ऋषि भगत गुप्ताले उहाँलाई सोधपुछ गरेर सम्बन्धित शाखामा पुराउनु भयो ।
आफुले पहिलो पटक गाउँपालिकाको कार्यालयमा आएको र अन्य कार्यालय जस्तो हरेक कोठा/कोठामा जानु परेन सिधै सम्बन्धित कोठामा आएर काम सकेर फर्किए ज्यादै खुसि लागेको चौधरीले बताउनुभयो।

हेल्पडेस्क स्थापना भएपछी सेवाग्राहीहरुलाई एकदमै सजिलो भएको छ। पालिका भित्रका सम्बन्धित शाखाको बारेमा प्रत्येक कोठामा नपुगेरै हेल्पडेस्क बाटै सम्पूर्ण जानकारी दिने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको गढवा गाउँपालिकाले जानकारी दिएको छ।





