राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनकालागि गढवामा बैठक

आलोक भावुक

गाउँ पालिका तथा वडा स्तरीय राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनका लागि गढवामा बैठक सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा प्रदेश पुर्वाधार बिकाश प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

बैठकले एक हप्ता भित्र सबै राजनीतिक दलहरुले पालिका समितिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको छ । साथै प्रत्येक वडामा समिति बनाई जग्गा एकिकरण सहजीकरणमा सहयोग समिति बनाई प्रमुख राजनीतिक दल, स्थानीय संग छलफल गरी निस्कर्ष निकाल्ने छलफल भएको हो ।

बैठकमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरणका लागि सबै वडामा छलफल र बिबादित ठाउँको बारेमा छलफल र सहमति गरी लुम्बिनी प्रदेशको राजधानी लाई व्यवस्थितगरी बिकाश गर्न आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाले लुम्बिनी प्रदेशको राजधानीको सिमाना गढवा गाउँपालिकाको वडा नम्वर १,२ र ३ लाई मात्र छोएको भएपनि समग्र विकासका लागी गढवा बजार क्षेत्र र गढवा गाउँपालिकाको सबै वडालाई समेटिएर विकासको निर्माण अगाडी बढाउनु पर्ने बताउनुभयो।

बैठकमा उठेका जिज्ञासा र पालिका तथा वडा स्तरीय राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनका लागि आवश्यक पर्ने सहयोग गर्ने अधिकृत छबिराज पोख्रेलले आश्वासन दिनु भयो।

बैठकमा गढवा गाउँपालिकाका निबर्तमान अध्यक्ष सहजराम अहिर, प्रशासन प्रमुख पुनाराम शर्मा, प्रिबिधिक शाखा प्रमुख बिनय कुमार यादव, महिला तथा बालबालिका शाखा प्रमुख प्रेरणा चन्द, गढवा गाउँपालिका वडा नम्बर २का अध्यक्ष भक्तु चौधरी , ३ नम्बर वडाका वडाध्यक्ष तुलसी राम अधिकारी , ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, ६ नम्बर वडाका अध्यक्ष बिर बहादुर आले मगर, ७ नम्बर वडाका अध्यक्ष राहुलदेव चौधरी, त्यसैगरी कार्यपालिका सदस्य मान बहादुर नेपाली, रमा अधिकारी, चन्द्रा केसी, राप्ती गाउँपालिकाकाका निवर्तमान अध्यक्ष नुमान्नद सुबेदी , नेकपा माओवादी केन्द्रका सर्बजित घर्ति, नेपाली काँग्रेसका हुकुम राज यादव, जनमोर्चा नेपालका कपिलदेव खनाल, जनता समाजबादी पार्टीका महबुब अलि लगायतकाको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID