नेकपा(एकीकृत समाजवादी)गढवा गापाको बैठक सकियो

आलोक भावुक

नेकपा(एकीकृत समाजवादी)गढवा गाउँपालिका कमिटिको बैठक शनिबार गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका कमिटीका अध्यक्ष राधेश्याम धारूकुमालको अध्यक्षता तथा नेकपा(एकीकृत समाजवादी)पार्टीको केन्द्रीय परिषद सदस्य राम प्रसाद गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

बैठलेले पार्टीको निर्णय अनुसार पार्टी सुदृढीकरण, २०७९ मङ्सिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभाको चुनावका विषयमा व्यापक छलफल गरेको नेकपा(एकीकृत समाजवादी)पार्टीको केन्द्रीय परिषद सदस्य राम प्रसाद गैरेले जानकारी दिनु भयो।

बैठकमा स्थानीय तह निर्वाचन २०७९ को समीक्षाका साथै आगामी रणनीतिका विषयमा छलफल गरेको जनाएको छ।

रण बहादुर घर्ती मगरको स्वागत मनतव्यबाट शुरू भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कालिराम चौधरी,जिल्ला कमिटी सदस्यहरु देबिलाल दुधराज र कल्पना घिमिरेले बिचार राख्नु भएको थियो।

त्यसैगरी कार्यक्रमको सहजीकरण गढवा पार्टी कमिटी सचिब गोविन्दा रोका मगरले गर्नु भएको थियोे।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID