प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन

गणतन्त्र समाचारदाता

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।

अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।

सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID