
गढवा – २ भदाै
प्रेमको जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।
प्रेमकाे नाटक गरि पुरुषलाई हनी ट्रयापमा पार्ने अनि मोटो रकम असुल्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ।
हनी ट्रयापमा पार्ने महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बिहिवार पत्रकार सम्मेलन सार्वजानिक गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेको दिनेश घर्ती मगरलाई मायाप्रेमको नाटक गरी रकम असुली गर्ने रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ का ४० वर्षिय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका वडा नं. १० पवित्रा डाँगी, सोही ठाँउका ३२ वर्षिय बिमला डाँगी, २९ वर्षिय शान्ता नेपाली र २२ वर्षिय सर्मिला भनिने पर्मिला नेपाली रहेको छन् ।
पक्राउ परेकी सर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा कोही भन्दै बोलाई पक्राउ परेका अन्य चारजना केहीबेरमा घरमा आएको डरधम्की दिई नगद १ लाख र २/२ लाखका २ वटा चेक फरक फरक मितीमा र एउटा चेक ७ लाख २० गरी १२ लाख २० हजार रुपैया बेइमानी पूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुुख एसपी सुुरेश काफ्ले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
जसलाई प्रहरी बरामद समेत गरिसकेको उनले बताए । पक्राउ परेकाहरु मुुलुक फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार आपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भइरहेको उनले जानकारी दिए





