नेपाल मगर पत्रकार संघ दाङको नयाँ कार्य समिति चयन

अध्यक्षमा शान्तकुमार बुढा निर्विरोध

गणतन्त्र समाचारदाता

नेपाल मगर पत्रकार संघ दाङको नयाँ कार्य समिति चयन गरिएको छ । सम्पन्न प्रथम अधिवेशनले पत्रकार मगर संघ दाङको अध्यक्षमा शान्तकुमार बुढा मगरलाई अध्यक्षमा निर्विरोध चयन गरिएको छ।

अधिवेशनले ९ सदस्यीय कार्यसमिति चयन समेत गरेको छ। जसको उपाध्यक्ष जितसागर जिएम, सचिवमा वर्षा मगर, सह–सचिवमा भिउमान पुन मगर, कोपाध्यक्षमा टोपेन्द्र रोका मगर चयन हुनुभएको छ । सदस्यहरुमा हिमाल पुन मगर, रोम थापा मगर, शुसिला घर्ती मगर चयन हुनुभएको छ ।

मगर पत्रकार संघ दाङकी निर्वतमान अध्यक्ष रेखा मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य लक्ष्मण बुढा मगरको प्रमुख आतिथ्यता र मगर संघ दाङका अध्यक्ष खलु प्रसाद पुन मगरको विशिष्ट आतिथ्यतामा प्रथम अधिवेशन भएको थियो ।

अधिवेशनले ८ सदस्यीय कार्यसमिति चयन गरेको र अन्य कार्यसमित सदस्य थप गर्न बाँकी रहेको सचिव वर्षा मगरले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको सल्लाहकारमा निर्वतमान अध्यक्ष रेखा मगर, दिपक जिएम, निमुसंगम घर्ती मगर र जेएन सागर रहनुभएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID