
गढवा- ३० श्रावण
राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरणको कार्य साउन ३१ गते देखी सुरुहुने भएको छ। सोमबार राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समितिको बैठकले यही साउन ३१ गते देखी राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरण गर्ने निर्णय गरे संगै गोबरडिहा क्षेत्रमा घर कोठाभाडामा दिने होडबाजी चलेको छ। कोठाभाडामा लिनका लागी सोधपुछ गर्दा चार पाँच हजार नै माग्ने गरेको प्राबिधिक शिक्षालयका बिध्यार्थीहरुले गुनासो गरेका गरेका थिए।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले घर कोठाभाडा मनपरी ढंगले लिने गरेको सुचना पाउने बित्तिकै ४ नम्बर वडाध्यक्ष हरिभगत चौधरी लाई त्यसको वारेमा सर्बदलिय/ सर्बपक्षिय छलफल गरी नियन्त्रण गर्न सुझाव दिनु भएको थियो।
गढवा गाउँपालिका वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरीको अध्यक्षतामा आइतबार बसेको सर्बदलिय, सर्वपक्षिय बैठकले राप्ती प्राबिधिक शिक्षालय गोबरडियामा अध्ययनका लागी कोठाभाडामा लिनका लागी आउने गरेको बिध्यार्थीहरुको समस्या लाई मध्यनजर गर्दै गढवा गाउँपालिकाका वडा नम्बर – ३ अन्तर्गत पर्ने सरस्वती उच्च माध्यमिक विद्यालय बिध्यानगरमा राप्ती प्राबिधिक शिक्षालय आउने भएकोले बिध्यार्थीहरु पठनपाठनका लागी यस क्षेत्रमा बस्नको लागी घरभाडा खोज्न आउदा केही घरधनीहरुले चलनचल्ती भन्दा अत्यधिक घरको कोठाभाडा लिईएकोले त्यसलाई ब्यवस्थित गर्न घर कोठाभाडाको दररेट कायम गर्ने निर्णय गरेको छ।
बैठकमा नेपाली काङ्ग्रेसका प्रदिप केसी, नेकपा एमालेका कमल खड्का, नेकपा माओवादीका सुर्य नारायण चौधरी, बुध्दीजीवी बिरेन्द्र कुमार चौधरी, दयाराम यादव, चन्द्र प्रकाश अधिकारी लगायतलको उपस्थित रहेको थियो।
सम्पन्न बैठकले सामान्य घर, ट्वाइलेट, पानी र बत्ति सहितको कोठाभाडा १ हजार ५ सय देखी बढीमा २ हजार सम्म लिन पाउने र स्तरीय ट्वाइलेट, खानेपानी, बत्ती र वाइफाईको सुविधा भएको घरमा प्रतिकोठा २ हजार ५ सय सम्म मात्र लिन पाउने निर्णय गरेको वडाध्यक्ष हरिभगत चौधरीले जानकारी दिनु भएको छ ।
साथै बैठकले बिध्यार्थी र घरधनीहरु बिचकुनै समस्या आईपरे त्यसलाई समाधान गर्नका लागी हरीभगत चौधरीको संयोजकत्वमा ७ सदसीय सहजीकरण समिति गठन गरेको छ। जस्को सदस्यहरुमा अतिउल्ला मनिहर, टुकमान कुंवर, प्रदिप केसी, कमल खड्का, सुर्य नारायण चौधरी टिकाराम थारु कुमाल रहनु भएको छ।





