गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

गणतन्त्र नेपाल समाचारदाता

गुल्मीमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मी दरवार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनु भएको छ ।

आइतवार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० मा सिमिचौरबाट तम्घासको देउराली तर्फ आउदै गरेकोलु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ट्रक सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID