
सामाजिक सुरक्षा भत्ता प्रत्येक वडा कार्यालय बाट वितरण हुने गढवागाउँपालिकाको सामाजिक सुरक्षा भत्ता प्रत्येक वडा कार्यालयबाट वितरण हुने भएको छ।
सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको समस्या, बैंकमा देखिएको भिडभाड, जनताहरुले/सेवाग्राहीहरुले पाएको दु:खलाई मध्य नजर गर्दै त्यसलाई तत्काल समाधान गर्नका गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवागाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, सामाजिक सुरक्षा कार्यक्रमका शाखा प्रमुख ऋषि राम यादव ,फिल्ड सहायक बिष्णु बि सी,वडा नम्बर – २ का वडाध्यक्ष भक्तु चौधरी,वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरी,वडा नम्बर – ५ का अध्यक्ष लेख बहादुर थापा, वडा नम्बर – ६का अध्यक्ष बिर बहादुर आलेमगर,वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकी, शम्भुराज आचार्य, पुनाराम शर्मा, संजित पौडेल लगायतकाको उपस्थिति रहेको थियो।
त्यसैगरी संग्रिला डेभलपमेन्ट बैंकाका प्रतिनिधि तेज बहादुर नेपाली, एन आई सि एशिया बैंकका प्रतिनिधि सुजन वली,कर्णाली डेभलपमेन्ट बैकका प्रतिनिधि रोशन वली, कुमारी बैंक लिमिटेडका प्रतिनिधि शरद सिह पाण्डे, ज्योति विकाश बैंक लिमिटेडका प्रतिनिधी कमल प्रसाद रावत संग छलफल गरी सहमति भएको छ।
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धित बैंक र गाउँपालिका स्तरीय छलफल गर्दा आगामी सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठ नागरिक,अपाङ्गता भएका ब्यक्तिहरु मध्येनजर गर्दै आगामी त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्रत्येक वडा कार्यालयमा गएर तिन/तिन दिन वितरण गर्ने बैंक र गाउँपालिका बिच सहमति भएको निर्णय गरेको गाउँपालिकाको प्रेस शाखाले जानकारी दिएको छ।






