
नेकपा माओवादी केन्द्र गढवा वडा नम्बर – ६ को दोस्रो समिक्षा बैठक गढवामा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र गढवागाउँपालिकाका इन्चार्ज तथा नव निर्वाचित गढवागाउँपालिका प्रमुख यमनारायण शर्मा पाेख्रलको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्र वडा नम्बर – ६ का वडाध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा उपस्थित चेतमान केशी, कृष्ण पन्थी, जिवन खनाल, नजीर खान, भरत पन्त, बसन्ती गुरुङ्ग, जित बहादुर आले मगर लगायतकाले बिचार राख्नु भएको थियो ।
त्यसैगरी समिक्षा बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश सभा सदस्य बिरेन्द्र चौधरी, माओवादी केन्द्र गाउँपालिकाका अध्यक्ष सर्बजित घर्ति गाउँपालिका सह-इन्चार्ज आर डि यादव लगायतको उपस्थिति रहेको थियो। बैठकले स्थानीय निकायको निर्वाचनको समिक्षा गरेको छ।
स्थानीय निकायको निर्वाचनमा भएको कमी कमजोरीलाई सुधार्दै अघि बढ्ने निर्णय गरेको माओवादी केन्द्र गढवाले जनाएको छ । बैठकले मतदाता नामावलीमा छुटेका व्यक्तिहरूको पहीचान गरी मतदाता नामावलीमा नाम समावेश गर्न पहल गर्ने, प्रत्येक गाउँमा कृषि समुह गठन गर्ने, लगायतको निर्णय गरेको माओवादी केन्द्र गढवा वडा सचिव तिलक परियारले जानकारी दिनु भएको छ।






