
गढवा गाउँपालिकाको अनुगमन टोलीले गाउँपालिका भित्रको क्षेत्रमा सञ्चाल भैरहेको क्रसर उध्धोगहरुमा संकलन भएको नदिजन्य पदार्थको स्टक नापजाँच गरेको छ ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा बनेको अनुगमन टोलीले गढवा गाउँपालिका गढवा गाउँपालिका वडा नम्बर – १ मा रहेको देउखुरी भ्याली क्रसर उध्धोग, जनप्रिय बालुवा प्रशोधन उद्योग, सफल बालुवा प्रशोधन उद्योग, सुर्य एग्रिगेट क्रसिड उद्योग, समावेशी बालुवा प्रशोधन उद्योग, स्वर्गद्वारी क्रसर उद्योग, शिवराज एग्रिगेट बालुवा प्रशोधन उद्योग, वडा नम्बर – २ पचाहा स्थित बज्रगुरु कन्स्ट्रक्शन कम्पनी, वडा नम्बर – १ जेठानगांउ स्थित श्री लक्ष्मी एग्रिगेट बालुवा प्रशोधन केन्द्र , वडा नम्बर – ३ रतनपुर स्थित सगरमाथा क्रसर उध्धोग, वडा नम्बर – ५ धर्मापुर स्थित समृद्धि माईनिङ्ग एण्ड कन्स्ट्रक्शन, र वडा नम्बर – ५ धर्मापुरमा स्थित मध्यपश्चिम क्रसर उद्योगमा रहेको स्टकको नापतौल गरेको अनुगमन समितिका संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनु भयो ।

नापजाँचका क्रममा बिभिन्न ठाउँमा डम्पिङ गरेर राखेका बेबारिसे ढुङ्गा, बालुवालाई नापतौल गरी पालिकाले आफ्नो नियन्त्रणमा लिने गरेको अनुगमन टोलीका सदस्य तुलसी राम अधिकारीले बताउनुभयो । नापतौल अनुगमन टोलीसंगै गढवागाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेल,हरीभगत चौधरी, तुलसी राम अधिकारी, बिर बहादुर आले मगर, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव,देवीलाल थारु कुमाल, इन्जिनियर शेषमणी पौडेल, सब इन्जिनियर चन्द्र प्रकाश ओली, राजस्व शाखा प्रमुख कृष्ण प्रसाद पौडेल, प्रेस संयोजक उमानाथ यादव, प्राबिधिक राम बहादुर मल्ल, यशोवर्दन मिश्र , गोबरडिहा प्रहरी चौकीका भेष बहादुर सेर्तुङ्गे, घनश्याम खत्री लगायतको उपस्थिति रहेको थियो।






