गढवा गाउँपालिका स्तरीय बिपद ब्यवस्थापन समितिकको बैठक आज गढवामा सम्पन्न

आलोक भावुक

गढवा गाउँपालिका स्तरीय बिपद ब्यवस्थापन समितिकको बैठक आज गढवामा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षमा सम्पन्न बैठकमा पालिका भित्रका बिभिन्न पार्टी प्रतिनिधि, गढवागाउँपालिका उपाध्यक्ष शारदा चौधरी ,प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, प्रशासकिय प्रमुख पुना राम शर्मा, बुद्धिजीवी, वडाका वडाध्यक्षहरु, रेडक्रसका प्रतिनिधि, पत्रकार, बिपत बिज्ञ लगायत संग छलफल गरिएको  व्यवस्थापन समितिले जनाएकाे छ ।

बैठकले बर्षयाममा आईपर्ने बिपतको जोखिम बाट कसरी बच्ने र समाधानका लागी पुर्व तयारीकोबारेमा छलफल गरिएको छ। खहरे खोलाले गर्दा हुने कटान र डुबान को न्यूनिकरणकाे लागि बृहत छलफल गरेको  व्यवस्थापन समितिले जनाएकाे छ।

त्यसैगरी सर्प दंश उपचार केन्द्रमा थन्किएको भ्यान्टिलेटर तत्काल सञ्चालनम लाउने, सेनाको टुकडी स्थायी रुपमा बसाल्ने र उपचार केन्द्रलाई यातायातको ब्यवस्थापन गर्ने लगायतकाे छलफल व्यवस्थापन समितिका संयाेजक यम नारायण शर्मा पाेख्रेलले जानकारी दिनु भयाे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID