जोरपाटीमा निस्किएको मिथेन ग्याँस १७ घण्टापछि रोकियो

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा बुधबार बिहानदेखि रोकिएको छ । नगरपालिकाका मेयर दीपक रिसालले बुधबार बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको जानकारी दिए ।

त्यहाँ ट्यांकर पठाएर सरसफाइ गर्न वडा अध्यक्षलाई भनिएको उनले जानकारी दिए । लोसेटारस्थित सन्त कुमार लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान १० बजेदेखि ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको थियो । उक्त फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेर बस्तीमा फैलिंदा स्थानीय प्रभावित भएका थिए ।

ग्याँस निस्किएको सूचना पाएपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो । भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएको मेयर रिसालले बताए । आगलागीको जोखिम हुन सक्ने भएकाले त्यहाँ रातिसम्मै सेना र प्रहरी परिचालन गरिएको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID