
ज्युदो गोरु गाडेको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले एक जनालाई पक्राउ गरेको छ ।
गढवागाउँपालिका वडा नम्बर-६ उपल्लो मदतुर बनकट्टी सामुदायिक वन क्षेत्र नजिकैको खेतमा आठ दिन पहिले ज्युदै गोरु जलाएर गाडेको आरोपमा एक जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ७० वर्षीय बसन्त चौधरी रहेका छन्। ज्युदै गोरु लाई आगो लगाई गाडिएको भन्ने सूचना आएपछि गढवाबाट प्रहरी टोली त्यसतर्फ गएको थियो ।
“सुचना पाए लगतै त्यस तर्फ गएर गाडिएको ठाउँमा खनेर हेर्न खोज्दा सडेको देखियो र स्थानीयका अनुसार ज्युदै गोरुलाई जलाएर गाडिएको सुचनाको आधारमा एक जनालाई सोधपुछका लागी नियन्त्रण मा लिएका छौ” इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिनु भयो।
सोधपुछ गर्दा पक्राउ परेका बसन्त चौधरीले मरेको गोरु गाडेको बयान दिएको निरिक्षक केसीले बताउनु भयो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





