भारतमा राष्ट्रपति चयनका लागि मतदान जारी

गणतन्त्र नेपाल समाचारदाता

भारतले आज नयाँ राष्ट्रपति चयन गर्दैछ । जसका लागि संसदसहित विभिन्न राज्यका विधानसभामा मतदान जारी छ ।

भारतको राष्ट्रपतिका लागि सत्तारुढ दलले राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए अर्थात् झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूको उमेदवारी रहेको छ भने विपक्षी दलले पूर्वमन्त्री यशवन्त सिन्हालाई उमेदवार बनाएको छ ।

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म भारतको सत्तारुढ दलकै उमेदवारले जित हासिल गरेको इतिहास छ । अहिले पनि विपक्षमा रहेका केही दलले सत्तारुढ दलले अघि सारेकी उमेदवार मुर्मूलाई नै मत दिने घोषणा गरेका छन् ।

त्यसैले उनले जित हासिल गर्ने सम्भावना बढी रहेको बीबीसी हिन्दीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।  राष्ट्रपति निर्वाचनमा संसदका दुवै सदन, प्रदेशको विधानसभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली तथा केन्द्र शासित राज्य पुद्दुचेरीका निर्वाचित सदस्यहरुले मतदान गर्नेछन् ।

आज भएको मतदान अर्थात् भारतको १५औं राष्ट्रपतिको नतिजा बिहीबार हुनेछ । मुर्मू राष्ट्रपति बनेमा देशकै पहिलो आदिवासी राष्ट्रपति चयन हुने समाचारमा जनाइएको छ ।

त्यस्तै उनी दोस्रो महिला राष्ट्रपति पनि हुनेछन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID