जीपको ठक्करबाट बालिका गम्भीर घाइते

गणतन्त्र नेपाल समाचारदाता

दाङको लमहीमा पिकअप जीपको ठक्करबाट एक जना बालिका गम्भीर घाइते भएकी छिन् । आइतबार बेलुका साढे ७ बजेतिर पूर्व-पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका ८ उच्चनिबु प्रहरी चौकी नजिक लु २ च ३६५४ नम्बरको पिकअप जीपले बालिकालाई ठक्कर दिँदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा लमही नगरपालिका-८ निवासी १० वर्षिय गोमा चौधरी रहेकी छिन् । घाइते बालिकालाई लमहीको फ्लोरेन्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । उनको अवस्था अहिले सुधारान्मुख छ ।

त्यस्तै जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको बताएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID