
आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।
बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ । दोस्रो मात्रा खोप दाङ, बाँके, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही जिल्लाका बालबालिकाले पाउनेछन् ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





