सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित नेपालगन्जका महतरा पक्राउ

गणतन्त्र नेपाल समाचारदाता

सशस्त्र प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ बस्ने २७ बर्षीय सुदिप महतरा रहेका छन ।

उनलाई नेपालगन्ज १६ भन्सार कार्यालयको अगाडि चेक प्वाइटबाट लागुऔषध फेला पारी पक्राउ गरिएको सशस्त्र प्रहरी बिओपी जमुनाहाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिए ।

उनका अनुसार, शंकास्पद तरिकाले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनलाई चेकजाँच गर्दा १ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, इन्जेक्सनबाट दिइने तरल पदार्थ ४ सिसी लागुऔषध फेला परेको हो । यस्तै नगद ६६१० रुपैयाँ, नागरिकता, पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ ।

नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID