समयमा पुल निर्माण नहुँदा लमही-काेइलाबास सडक खण्ड अवरुद्ध

गणतन्त्रनेपाल समाचारदाता, दाङ

समयमा पुल निर्माण नहुँदा लमही -काेइलाबास सडक खण्ड अवरुद्ध बनेको छ ।निर्माणरत पुल को कार्य पनि रोकिएको छ । पुल निर्माणको क्रममा  बनाइको डाइभ्रसन समेत  खोलाले बगाएको छ ।

डाईभरसन समेत खोलाले बगाए पछी आवत जावतमा समेत समस्या भएको छ। लमही नगरपालिका वडा नम्बर ५ कोलही सोतामा पक्की पुल निर्माण कार्य पाँच महिना अघि देखी सुरु भएको थियो। यो अवधीमा पुलमा एउटा पिल्लरको काम मात्र सकिएको छ।

अरु काम अघि बढ्न सकिएको छैन। लगातार बर्षाका कारण पुल निर्माण कार्यमा पनि ढिलाई भएको छ। पुल निर्माणका क्रममा छेउमै बनाईएको डाईभरसन समेत बगाएको छ। डाईभरसन समेत बगाउदा आवत जावतमा समस्या भैरहेको साईकल यात्रु कालु राम चौधरीले बताउनु भयो। दुई बर्ष पहिले नेपाल भारत जोड्नका लागी हुलाकी सडक निर्माण भएको हो।

साडक बनिसक्दा पनि पुल निर्माण कार्य भने बाँकी नै रहेको थियो। फराकिलो सडक तर साँघुरो पुल भएका कारण पुल एक्कासि भत्किए पछी पुन निर्माण गर्न थालिएको हो। पटकपटक खोलामा आएको बाढीले डाईभरसनमा क्षेती पुराएको गाल्वा मेनका जेभि का साईड ईन्चार्ज सुनिल कुमार न्यौपाने ले बताउनु भयो ।

तिन करोडको लागतमा १९ महिना भित्रमा काम सम्पन्न गर्ने लक्ष्य रहेको छ तर लगातार परिरहेको पानीले पुल निर्माण को काम संगै आवतजावत मा समेत समस्या भेरेको छ। लमही कोईलाबास सडक खण्ड अबरुद्ध हुदा बनगाँउ हुदै लमही जाने गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID