
दाङ , १७ पौष। घोराहीकी १४ वर्षीया किशोरी सम्पर्क बिहीन भएकी छिन् । घोराही १८ निवासी मुन्नी खातुनकी १४ वर्षीया छोरी आइशा खातुन सोमबार दिउँसो ३ बजेदेखि सम्पर्क बिहीन भएकी हुन् ।
दिउँसो ३ बजेको समयमा ग्वालोबल बैंक घोराही शाखामा ५ हजारको चेक लिएर साट्न गएकी उनी पैसा निकालेपछि घरमा नगएर सम्पर्क बिहीन भएको आमा मुन्नीले बताईन् ।
घोराही स्थित अल्फा बोडिङ स्कुल कक्षा ९ मा अध्ययनरत आईशा अहिलेसम्म कहिकतै पत्ता नलागेको आमाले बताईन् । बैंकबाट पैसा निकालेर निस्केको सिसि टिभीमा देखिएपनि बैंकको बाहिरको क्यारमरा बन्द भएकाले छोरी कता गएको भन्ने केही पत्ता नलागेको मुन्नीले बताईन् ।
आईशालाई देख्नुहुने जो कोहीले ९८१०८५८९९८ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





