स्वानले बितरण गरेको बाख्रा मार्न थालेपछी स्वान र गढवा गाउँपालिकाद्वारा अनुगमन

आलोक भावुक

गढवा, २५ मंसिर । सोसाइटी वेलफेयर एक्सन नेपाल (स्वान)ले गढवा गाउँपालिकामा बितरण गरेको बाख्रा भाटाभट मर्न थालेपछी स्वान र गढवा गाउँपालिकाले संयुक्त रुपमा अनुगमन गरेको छ।

सोमबार वेलफेयर एक्सन नेपाल (स्वान)लमही दाङका अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्ष तथा गढवा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समिति संयोजक तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल सहितको अनुगमन गरिएको हो ।

वेलफेयर एक्सन नेपाल (स्वान)लमही दाङले गढवा गाउँपालिका वडा नम्बर ५ सिमलतारामा बितरण गरेको करिव दुई दर्जनभन्दा बढी बाख्रा मरेको खबर पाएपछी अनुगमन गरिएकाे हाे ।
सिमलतारा र कक्रहवा र ठुलीचौर पिपिआर रोगका कारण दर्जनौ बाख्रा मरेका छन्।समयमा रोगको पहिचान र उपचार गर्न नसक्दा बाख्रा मरेको गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत अनन्तराज रेग्मीले जानकारी दिनुभयो। लक्ष्यण देख्ने बित्तिकै जानकारी गराए उपचार सम्भव हुने प्रमुख रेग्मीले बताउनुभयो।

गढवा गाउँपालिका अध्यक्ष तथा गढवा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समिति संयोजक यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिका वडा नम्बर – ५ मा स्थलगत अनुगमन गरिनुका साथै देखिएका समस्याहरुको टिपोट गरि तत्काल समाधानका लागि पहल गरिने बताउनु भयो। कृषकहरुलाई बिमा सम्बन्धी जानकारी गराउने र रोगको लक्षण देखिने बित्तिकै उपचारका लागि गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखामा सम्पर्क गर्नुहुन अनुरोध समेत गरिएको छ।
सोसाइटी वेलफेयर एक्सन नेपालले खोर निर्माण, बाख्रा सहयोग तथा तरकारी व्यवसाय गर्नेहरुलाई सहयोग गरेको छ । संस्थाले सहयोग गरेका ठाउँहरुको अनुगमन गरी देखिएका समस्याहरुको पहिचान र समाधान वारे तत्काल पहल गरिने जनाएको छ । अनुगमनको क्रममा गढवा ५ सिमलतारा खोर र बाख्रा पालक कृषक , गढवा ५ बाँकीको तरकारी खेती र सुङ्गुर पालक कृष्कहरु संग भेटघाट, समस्याहरुको टिपोट र समाधानका लागि सरसल्लाह समेत दिईएको छ।
अनुगमनमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी,सोसाइटी वेलफेयर एक्सन नेपाल (स्वान) लमही दाङका उपाध्यक्ष सिता चौधरी, सोनी चौधरी लगाएतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID