भत्ता पचाएर सांसद हिँडेपछि आज पनि गणपुरक संख्या पुर्‍याउन धौँ धौँ!

गणतन्त्रनेपाल समाचारदाता, दाङ

सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्‍याउन धौँ-धौँ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिएको थियो।

बिहीवार खानेपानी तथा सरसफाइ विधेयक २०७७ विधेयक निणयार्थ पेश गर्ने क्रममा संसदमा कोरम पुर्‍याउन सकस परेको हो। सभामुखको आशनमा बैठकको अध्यक्षता गरेका मानबहादुर विश्वकर्माले खानेपानी मन्त्री उमाकान्त चौधरीलाई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न दिएका थिए।

त्यसपछि एमाले सांसद खेमप्रसाद लोहनीले नियमापत्ति गर्दै गणपुरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि अध्यक्षता गरेका विश्वकर्माले सांसदको संख्या यकिन गर्न ३ मिनेट घण्टी बजाउन सचिवालयलाई निर्देशन दिएका थिए। ​

गणपुरक संख्या पुर्‍याउन घण्टी बजेपछि सभामुख सापकोटा अध्यक्षता गर्न आए। कुनैपनि प्रस्ताव निर्णयार्थ पेश गर्दा संसदमा एक चौथाई सदस्य उपस्थित हुनुपर्ने संविधान र संसद नियमावलीको व्यवस्था छ।
तीन मिनेट घण्टी बजाएर गन्दा गणपुरक संख्या ८३ पुगेको भन्दै विधेयक निर्णयार्थ पेश गरियो। सभामुख सापकोटाले गणपुरक ६९ हुनुपुग्नेमा ८३ पुगेको सभामा जानकारी गराए। माओवादीका चार सांसदको पद गएको र चार सांसद निलम्बनमा रहेका कारण अहिले संसदमा २ सय ६७ सांसद छन्।

बिहीवारको बैठकमा ८३ सांसद उपस्थित भए पनि १८४ सांसद अनुपस्थित रहेका थिए। ‘माननीयहरू संसदमा उपस्थित हुने तर जागिर गरेर हिँडेका कारण सधैं व्यवस्थापकीय कार्य गर्न समस्या भइरहेको छ’ सचिवालयका एक अधिकारीले भने। बैठकमा हाजिर गरेपछि सांसदले दैनिक बैठक भत्ता र ट्याक्सी भाडा पाउँछन्।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा पटक–पटक कुरा उठे पनि हाजिर गरेर टाप कस्ने प्रवृत्तिका कारण संसदमा कोरम पुर्‍याउन सधैं समस्या हुने गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक परेका कारण बिहीवार माओवादी सांसदको उपस्थिति संख्या न्यून रहेको सचिवालय स्रोतले बतायो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID