काठमाडौंमा गुड्न थाले साझाका बिजुली बस

गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको ‘सफ्ट लन्च’ गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् ।

यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको छ । यी विद्युतीय बस अपांगमैत्री छन् ।

साझा यातायातका अध्यक्ष कनकमणि दिक्षीतले अर्थतन्त्र, वातावरण तथा यात्रुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय परिवहनमा लगानी गरेकोले साझा यातायात सरकारसँग कृतज्ञ रहेको बताए । ‘बिजुली बसका लागि ठूलो क्षेत्रफल भएको चार्जिङ स्टेसन आवश्यक पर्छ, यसको लागि सरकारसँग आग्रह गरिसकेका छौं,’ उनले भने, ‘यथाशीघ्र चार्जिङ स्टेसनको लागि जग्गा उपलब्ध हुनेमा आशावादी छौं ।’ निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेको हुँदा सरकारले बिजुली बस सञ्चालनमा ल्याउन सहुलियत ऋण उपलब्ध गराउन समेत उनले सुझाव दिए । बिजुली बसमा महिला चालक र सहचालकलाई विशेष प्राथमिकता दिने समेत साझाले जनाएको छ ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID