
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग जोडिनका लागि सडक छोड्न नहुने पार्टी पंतिलाई निर्देशन गरेका छन् । सडक, सदन र सरकार तीनै ठाउँबाट पहलकदमी रहने भए पनि सडक सबैभन्दा महत्वपूर्ण रहेको उनले बताए ।
पार्टीको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘अहिले हामी सरकारमा नै बढी अल्मलिएका छौं । तर, क्रान्तिकारीका निम्ति प्रमुख र निर्णाय कभनेको सडक हो । क्रान्ति पूरा भएको छैन । त्यसैले सडक छोड्न मिल्दैन । कामरेडहरू विचार गर्नुहोला ।’
प्रचण्डले सडकमा हुँदासम्म माओवादीले सफलता हासिल गरेको बताए । सडकबाट टाढिनासाथ सफलता पाउन कठिन हुने उनको विश्लेषण छ ।
‘सडकमा हुँदासम्म जनता हामीसँग हुन्छन्, त्यसैले हामी विजयी हुन्छौं । तर, सडक छाडेर सरकारसँग जाँदा जनतासँगको सम्बन्ध तोडिन्छ, त्यसैले हामी पराजित हुन्छौं । यो बुर्जुवा सिस्टममा बुर्जुवा हाबी हुन्छन् । यसको सुधारका लागि पनि हामीले सडक छोड्नु हुँदैन ।’





