स्थानीय स्काउट परिषद राप्तीको निर्वाचन सम्पन्न, आयुक्तमा कडेल नियुक्त

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ माघ । नेपाल स्काउट स्थानीय परिषद राप्ती गाउँपालिकाको सदस्य पदको निर्वाचन सम्पन्न भएको छ ।

साेमबार सम्पन्न भएको निर्वाचनमा छबिलाल कडेल, मोहनलाल नेपाली र माधवप्रसाद सिंह निर्वाचित भएका छन् । स्थानिय स्काउट परिषदमा ३ महिला सहित ६ जना सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित हुने व्यवस्था भएतापनि अनलाईन मार्फत ३ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु सदस्य पदमा स्वत निर्वाचित भएको निर्वाचन अधिकृत दामोदर आचार्यले जानकारी दिएका छन् ।

विजयी सदस्यहरुलाई सदस्यताकाे प्रमाणपत्र प्रदान गरिएको छ । यसैबीच स्थानिय स्काउट समितिको बैठकले छबिलाल कडेललाई राप्ती गाउँपालिकाको स्थानिय आयुक्तमा नियुक्त गरेको छ । राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा स्थानीय स्काउट समितिकी अध्यक्ष कमलापती चौधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष तथा स्थानिय स्काउट समितिका संरक्षक प्रकाश विष्टको प्रमुख आतिथ्यता र प्रमुख प्रसासकीय अधिकृत नेब बहादुर ओली,स्थानिय स्काउट समितिका सदस्य सचिव विश्वास बिककाे उपस्थितिमा सम्पन्न समितिकाे बैठकले आयुक्तमा कडेललाई नियुक्त गरेको हाे।

त्यस्तै बैठकले स्थानिय स्काउट समिती बिस्तार गर्नको लागि आगामी माघ २५ गते भेला गर्ने निर्णय गरेको छ। राप्ती गाउँपालिकाले गत आर्थिक वर्षमा पालिका अन्तर्गतका विभिन्न विद्यालयमा कार्यरत १८ जना शिक्षकहरुलाई स्काउट सम्बन्धी आधारभुत तालिम प्रदान गरिएको थियो ।

त्यस मध्ये केही शिक्षकले स्काउट टृप दर्ता गरि विभिन्न विद्यालयमा युवा विद्यार्थीलाई कुलत र दुव्र्यसनबाट जोगाउन, स्यवंसेवी र राष्ट्रप्रेमको भावना बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । हाल राप्ती गाउँपालिकामा १८ जना स्काउट मास्टर र करिब ३०० जना स्काउटर विद्यार्थीहरु रहेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID