नारी पराधिनता इंडियन सिनेमाहरुकाे एक एसेन्टियल पार्ट हाे। एकदमै नाजुक हुनु, काेमल हुनु, छुँदै दाग लाग्ला जस्ताे गाेरी हुनु, शालिन हुनु, सँस्कारी हनु, कमजाेर, दुर्बल हुनु इंडियन सिनेमाहरुकाे नारी पात्रहरुकाे स्थायी विशेषता हाे चाहे त्याे बलिउडकाे फिल्म हाेस् वा साउथकाे फिल्म हाेस्। इंडियन फिल्महरुमा नारी पात्र प्रायः आफ्नाे अस्मिताकाे रक्षा, जीविकानिर्वाह र हकअधिकार तथा न्यायप्राप्तिकाे लागि लड्न वा सँघर्ष गर्न असक्षम र असमर्थ हुन्छन् र पूर्ण रुपमा पुरुष पात्र वा नायकमाथि निर्भर र आश्रित हुन्छन्। उनीहरुलाई नायकले नै बिहे गरेर सुरक्षित जीवन दिनुपर्ने हुन्छ, नाैकरी गरेर पाल्नुपर्ने हुन्छ। खलनायकहरुबाट उनीहरुकाे अस्मिताकाे रक्षा गरिदिनुपर्ने हुन्छ। इंडियन सिनेमाका नायिकाहरु प्रतिकार वा प्रतिराेध गर्न सक्दैनन्, आफ्नाे बचाऊ गर्न सक्दैनन् र उनीहरु आफ्नाे बचाऊका लागि कुनै नायककाे आगमनकाे प्रतीक्षा गर्छन् कि नायक आउनेछ र खलपात्रहरुबाट उनकाे रक्षा गर्नेछ। अनि, उनलाई त्याे नायकसँग प्रेम हुनेछ। उनकाे न्यायकाे लडाइँ पनि नायकले नै लडिदिनेछ, उनकाे लागि खलनायकहरुसँग नायकले नै बदला लिइदिनेछ। नायिकाप्राय: सिनेमाहरुमा गुडिया जसरी सजिने, श्रृङ्गारपटार गरेर राम्री देखिने, नायकलाई प्रेम गर्ने अनि कहिलेकाहीँ नायक र खलनायकहरुकाे टसलमा खलनायकहरुकाे काेपभाजनमा पर्ने गरेकाे देखिन्छ इंडियन सिनेमाहरुमा। नायिकाहरुकाे काम यति नै हुने गर्छ इंडियन सिनेमाहरुमा। अरु त अरु ‘जय भिम’ जस्ताे वामपन्थी फिल्म समेत सिनेमाकाे याे मान्यता र ढाँचाबाट मुक्त छैन।
यस्ताे छ सिनेमाकाे यथार्थ अवस्था। यस्ताे अवस्थामा जब-जब म नायिकाकाे सशक्त भूमिका भएका सिनेमाहरु बनेकाे देख्छु, तब-तब मलाई भित्रैदेखि खुशी लागेर आउँछ। नायिकाले मुख्य र बलियाे भूमिका निर्वाह गरेका सिनेमाहरु हेर्न पाउँदा मेराे मनले एकप्रकारकाे सन्तुष्टि पाउने गर्छ। नायिका सिनेमामा प्रधान भूमिकामा हुनु नै आधा ब्याटल जिते जस्ताे लाग्छ मलाई, बाँकी आधा ब्याटल (कथा-पटकथा र अन्य पाटाेहरु) काे परिणाम जेसुकै/जस्ताेसुकै भए पनि। यसरी, नायिकाकाे प्रधान भूमिका भएकाे, नायिकालाई केन्द्रमा राखेर बनाइएको र नायिकाकाे सशक्त प्रस्तुति र अभिनय भएकाे सिनेमाहरुले मलाई सधै तान्ने गरेकाे छ। मैले भर्खरै हेरेकाे सिनेमा ‘यशाेदा’ पनि यसकाे अपवाद थिएन। ‘यशाेदा’ एक तेलुगु फिल्म हाे जसलाई हिन्दी सहित सबै प्रमुख दक्षिण भारतीय भाषाहरुमा डब गरेर रिलिज गरिएकाे थियाे। ‘यशाेदा’ फिल्मकाे केन्द्रमा साउथका समान्थ रुथ प्रभु नामक एक्ट्रेस छन् जाे विगत लामाे समयदेखि साउथकाे टप एक्ट्रेसकाे रुपमा रहिआएका छन्।
‘यशाेदा’ यशाेदा नामक एक यस्ती युवती (समान्थ रुथ प्रभुु) काे कथा हाे जाे एक सेराेगेटेट मदर हुन्। उनी सेराेगेसीका लागि भर्ना भएकाे नर्सिङ हाेममा सेराेगेसीकाे नाममा एउटा अवैध र अमानवीय धन्दा चलिरहेको हुन्छ, जसकाे पर्दाफास गर्न उनी त्याे धन्दा चलाइरहेका व्यक्तिहरुसँग फाइट गर्छिन्। याे उनकाे फाइटिङकाे कथा हाे। उनकाे प्रतिद्वन्द्वीहरु निकै पावरफुल हुन्छन् र उनीहरुसँग पाेलिटिशियनकाे पावर पनि हुन्छ। यस्ता पावरफुल व्यक्तिहरुसँग लड्न यशाेदा कति पावरफुल हुनुपर्छ हाेला, आफै अनुमान लगाउनुहाेस्। यस सिनेमामा यशाेदाकाे पात्र सुरुमा सरल-साधारण र निर्बल देखिन्छ। तर यशाेदाकाे कथा अनि बढ्दै जाँदा याे पात्र बिस्तारै खुल्दै जान्छ, उनकाे वास्तविक रङ देखा पर्दै जान्छन् र क्लाइमेक्समा आइपुग्दा सम्म उनी पूर्ण रुपमा खुलिसक्छन्, त्यसबेला उनकाे जुन साँगाेपाँगाे चरित्र देखिन्छ, त्याे निकै नै सशक्त, साहसी र जुझारु-लडाकु लाग्छ। याे पात्रकाे वास्तविकतालाई तब मात्र दर्शकहरुले छर्लङ्गसँग थाहा पाउँछन्।
‘यशाेदा’ काे कमजाेर पक्ष भनेकाे यसकाे सुरुवातकाे न्यारेशन हाे। यसकाे सुरुकाे ४५ मिनेट एकदमै सुस्त र कता कता निरस पनि लाग्छ। तथापि उक्त समयमा पनि ‘स्टाेरी बिल्ड’ भइरहेकाे हुन्छ। ४५ मिनेटपछि भने यशाेदाकाे पात्र हर्कतमा आउँछ। त्यसपछि यस सिनेमाले पनि गति लिएकाे महसुस हुन्छ। त्यसपछि भने खासै बाेर महसुस हुँदैन। सिनेमाकाे कथासँगै बगिन्छ। यसकाे कथा केही घुमाएर भनिए पनि कथालाई सजिलै बुझ्न सकिन्छ। तसर्थ, यसकाे न्यारेशन ननलिनियर भए पनि जटिल छैन। अर्काे कुरा, नायिकाकाे पात्र जाे गर्भवती हुन्, उनलाई गर्भ भएकाे पेट बाेकेर लडेकाे, भिडेकाे, दाैडेकाे, उफ्रेकाे आदि हर्कतहरु गरेकाे देखाइएकाे छ। एक गर्भवती युवतीले यस्ताे शारीरिक हर्कतहरु गरेकाे देख्दा अलि हजम हुँदैन। अझ एउटा दृष्यमा खलनायकले उनकाे (बच्चा भएकाे भनिएकाे) पेटमा मुक्का बजार्दा पनि उनलाई खासै दखल परेकाे (बच्चा मरेकाे, शारीरिक डिफल्ट भएकाे, एमरजेन्सीमा भर्ना गर्नु परेकाे आदि) देखाइन्दैन। यी दृष्यहरु पचाउन अलि गाह्राे पर्छ तर कथाकाे माँगकाे हिसाबले निर्दैशकले यी सिक्वेन्सहरुमा ‘सिनेम्याटिक लिबर्टी’ काे प्रयाेग गरेकाे भन्न सकिएला। यधपि, यी दृष्यहरुलाई निकै यथार्थपरक शैलीमा, वास्तविक लाग्ने गरि देखाउने काेशिश गरिएकाे छ। स्क्रिप्टलेखनकाे कुरा गर्दा यतिकाे स्क्रिप्टलेखन र पटकथाकाे बुनावटलाई म राम्रै भन्छु। यसका परिवेशमा एउटा ठूलाे नर्सिङ हाेम, जँगल, जँगलमा अवस्थित एक जर्जर हवेली, सुरुङजस्ताे बाटाे र बाहिरकाे सडकमात्र छ। याे कुनै आकर्षक लाेकेशन हाेइन। तर यिनै लाेकेशनहरुमा केन्द्रित गरेर सिनेमाले दर्शकहरुकाे ध्यान तान्ने काेशिश गरेकाे हुन्छ जुन कथाकाे माँगकाे हिसाबले सही छ, अनि दर्शकहरुलाई केही हदसम्म तान्छ पनि।
यशाेदा’ एक नायिकाप्रधान सिनेमा हाे र समान्थ रुथ प्रभु यस सिनेमाका मेरुदण्ड हुन्। उनले यस सिनेमामा यशाेदाकाे शीर्ष भूमिका निर्वाह गरेकी छन्। उनी यस सिनेमाकाे केन्द्रमा छन् र सिङ्गाे सिनेमालाई आफ्नाे काँधमा बाेकेकी छन्। अन्य कलाकारहरुले उनलाई ठीकठाक साथ दिएका छन्। ‘यशाेदा’ पूर्ण रुपमा समान्थकाे शाे हाे। अभिनयकाे कुरा गर्दा उनी एकदम टप फर्ममा देखिन्छन्। यशाेदाकाे क्यारेक्टर, क्यारेक्टरका लेयरहरुकाे क्रमश: उद्घाटन र तिनकाे ट्रान्सफर्मेशनकाे प्रक्रियालाई राम्राेसँग प्रस्तुत गर्न उनी सफल भएकी छन्।
‘यशाेदा’ मा समान्थ टप फर्ममा देखिन्छन् तर एज फ्याक्टर बलिउड र साउथ दुवैतिरकाे फिल्म इंडष्ट्रीमा काम गर्ने हिराेइनहरुकाे लागि एउटा ‘अब्सट्रक्शनर फ्याक्टर’ बन्ने गरेकाे छ। एक निश्चित उमेर (३५ बर्ष) पार गरेपछि टप हिराेइनले पनि सिने इंडष्ट्रीमा महत्व पाउन छाेड्छन्, र हिराेइनबाट क्रमशः क्यारेक्टर आर्टिस्टमा बदलिन्छन्। कतिपय हिराेइनहरु त मेराे समय अब सकियाे भन्ने कुरालाई स्वीकारेर विवाह गर्छन् र फिल्म इंडष्ट्रीबाट हराउँछन्। सिमरन, ज्याेतिका, लैला, तृषा, असिन, श्रिया, इलियना, काजल आदि थुप्रै टप एक्ट्रेसहरु एक खास उमेर पार गरेपछि फिल्मबाट हराए, विवाह गरे, सेट्टल भए वा फिल्महरुमा आफ्नाे इंपाेर्टेन्स गुमाए। समान्थ उमेरकाे त्यही हदबन्दीमा आइपुगेकी छिन्। (उनी अहिले ३५ बर्ष पुगेकी छन्।) के उनकाे सिने करिअर ३५ कटिसकेपछि पनि यसरी नै उत्साहपूर्वक र सफलतापूर्वक अघि बढ्ला? या उनी पनि यसअघिका अन्य टप एक्ट्रेसहरु जस्तै एज ब्यारियरकाे सिकार बन्ला? उनकाे करिअरकाे भविष्य के हाेला? उनकाे करिअरले अब कस्ताे माेड लेला? के उनी उमेरकाे डेडलाइनलाई पार गरेर अहिलेकाे आफ्नाे स्टारडमलाई कायमै राख्न सफल हाेलान् त? याे अब्जर्ब गर्नु राेचक हुनेछ।
साउथ फिल्म इंडष्ट्रीमा नयनतारा एउटा अपवाद हुन् जाे ३८ बर्षकाे उमेरमा पनि अझै पनि शिखरमै छन्। उनले अझै पनि आफ्नाे स्टारडमलाई कायमै राखेकी छन्। उनले आफ्नाे इंपाेर्टेन्स गुमाएकी छैनन्। भर्खरै मात्र उनले विवाह गरिन् तर उनले विवाह गरेता पनि आजकाे मितिसम्म पनि उनी नै साउथकाे highest paid actress हुन्। बलिउडकाे हकमा भने दीपिका पादकाेण हुन्, जाे अहिले ३६ बर्षकी भईन् अर्थात् उनले पनि एजकाे अघाेषित हदबन्दीलाई नाघिसकेकी छन् तर अझै पनि उनी बिकनीमा आफ्नाे जादू छरिरहेकी छिन्। (‘पठान’ काे भर्खरै रिलिज भएका उनकाे गीतलाई सम्झनुहाेस्।) तर उनलाई ‘उनकाे जवानी ढल्किसकेकाे, उनी अब बुढी भइसकेको, उनमा आकर्षण बाँकी नरहेकाे, चार्म बाँकी नरहेकाे, उनकाे बुढी-चाउरी परेकाे शरीर अब कसैले नहेर्ने’ भन्दै साेशल मिडियामा एक खाले मान्छेहरुले उनलाई ट्राेलिङ गर्न पनि सुरु गरिसकेका छन्। दीपिकाले बिकनी लगाएकाे कुरालाई नग्नताकाे सँज्ञा दिएर भारतमा विराेधप्रदर्शन र पुतलनदहन सुरु भइसकेकाे छ। जसमा भाजपा र आरएसएस समर्थित अन्धभक्त भनेर चिनिने जमातकाे प्रमुख भूमिका रहेकाे छ। यही जमातकाे अग्रसरतामा याे सब भइरहेको छ। याे घृणा आन्दोलनकाे नेतृत्व यिनीहरुले नै गरिरहेका छन्। साेसल मिडियामा ‘दीपिकाकाे चाउरी परेकाे बुढी शरीर अब कसैले नहेर्ने’ भन्दै निम्नकाेटीकाे टिप्पणी पनि यही जमातले गरिरहेकाे छ। याे भन्दा पनि निम्नकाेटीका टिप्पणीहरु दीपिकामाथि साेसल मिडियामा अन्धभक्तहरुले गरिरहेका छन्। पागलपनकाे हद त कतिसम्म पुगेकाे छ भने दीपिकाकाे बिकनीलाई लिएर साँसदहरु नै बयानबाजीमा उत्रिएका छन्। हुदाँहुदाँ त मध्यप्रदेश सरकार नै याे पागलपनमा सामेल भएकाे छ। मध्यप्रदेश सरकारकाे एकजना मन्त्रीले (गृहमन्त्री नै हुनुपर्छ) ‘दीपिकाले भगवा रङकाे बिकनी लगाएर हिन्दुहरुकाे भावनालाई आहत गरेकाे, बिकनीमा नग्न शरीरकाे प्रदर्शन गरेर समाजमा अश्लीलता फैलाएकाे, दीपिकाले अश्लीलता फैलाएकाे र भगवाकाे अपमान गरेकाेमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने, अनि फिल्ममा पूरै लुगा लगाएर शरीर ढाक्नुपर्ने अन्यथा उनकाे फिल्म ‘पठान’लाई आफ्नाे राज्यमा चल्न नदिने, प्रतिबन्ध लगाउने’ सार्वजनिक उद्घाेष नै गरेकाे छ। स्त्रीद्धेषकाे याे पागलपन, नायिकाले बिकनी लगाएकाे कुरालाई लिएर साँसददेखि र मन्त्रीसम्म अफेन्ड हुनु र बयानबाजी तथा विराेधमा उत्रिनुले पितृसत्तात्मक पुरुषवादी अहँकार र स्त्रीद्धेष (मिसाेजिनी) काे उच्चतम सीमालाई दर्शाउँछ। के गर्ने अहिले भारतमा यही सब बाैलाहापन भइरहेको छ। यस्ताे बाैलाहापनकाे माहाैलमा केही बाेले साेसल मिडिया र सार्वजनिक रुपमै आफ्नाे चरित्रकाे मब लिन्चिङ गरिने भयले हाेला, धेरैजसाे अभिनेत्रीहरु चुप लागेर बसेका छन् तर कर्णाटककी दिव्या स्पन्दना ‘राम्या’ले भने याे मिसाेजिनीकाे सशक्त प्रतिवाद गरेकी छन्। उनकाे तलकाे ट्विट हेर्नुहाेस्।
Samantha trolled for her divorce, Sai Pallavi for her opinion,Rashmika for her separation, Deepika for her clothes and many, many other women for pretty much EVERYTHING. Freedom of choice is our basic right. Women are the embodiment of Maa Durga- misogyny is an evil we must fight
— Ramya/Divya Spandana (@divyaspandana) December 16, 2022
यस्ताे हाेइन की राम्या काे प्रतिराेध साेसल मिडियामा मात्र सीमित छ। राम्या मिडिया वा साेसल मिडियामात्र हाेइन, समाज र सडकमा पनि उत्तिकै ‘भाेकल’ छिन्। राम्या एक राजनीतिक प्राणी हुन्। उनी इंडिया नेशनल काँग्रेस (आई) का युथ विङ्स अर्थात् युवा सँगठनका अध्यक्ष पनि हुन्। त्यसैले, उनी एक क्रियाशील एक्टिभिष्ट हुन्। भारतमा प्रकट हुने मिसाेजिनी, कम्युनालिज्म, साम्प्रदायिक ध्रुवीकरण लगायत महँगी, बेराेजगारी र सरकारका गलत कामकारवाहीहरुलाई लिएर सिनेक्षेत्रबाट यदि कुनै अभिनेत्री सबैभन्दा बढी मुखर छन् भने तिनी राम्या नै हुन्। (अभिनेतामा चाँहिप्रकाश राज हुन्। त्यसैले मलाई लाग्छ, राम्या र प्रकाश राज सम्पूर्ण फिल्म इंडष्ट्रीका गहना हुन् जसमाथि सिङ्गाे मुलुकले गर्व गर्न सक्छ।) राजनीति र एक्टिभिजमका व्यस्त भएका कारण राम्या लामाे समयदेखि फिल्महरुबाट टाढिएकी छन्। उनकाे नयाँ फिल्म नआएकाे धेरै भइसक्याे। तर युट्युबमा उनका पुराना फिल्महरु उपलब्ध छन्। ‘रँगा एसएसएलसी’, ‘अरासु’ (जिन्दा दिली), ‘वारानम अयिराम’ (सूर्या का याराना) जस्ता उनका राम्रा फिल्महरु युट्युबमा हिन्दी डबमा पनि उपलब्ध छन्।
फेरि ‘यशाेदा’ तिरै फर्किन्छु। ‘यशाेदा’ समान्थकाे करिअरकाे एक क्रुसल फिल्म थियाे। (यहाँबाट सजिलाेकाे लागि फिल्म शब्दकाे प्रयाेग गरेकाे छु।) खासगरि, उनी बताैर हिराेइन वा लिड एक्ट्रेस, कुनै पनि हिराेकाे सहारा नलिई आफ्नै दममा कुनै पनि फिल्मलाई आफ्नाे काँधमा बाेकेर बक्स-अफिसकाे अग्निपरीक्षामा पार लाउन सक्छिन् कि सक्दिनन् भन्ने कुराकाे ‘लिटमस टेस्ट’ थियाे याे फिल्म। छाेटाेमा, उनकाे स्टारपावर कति छ? के उनी साेलाे हिराेइनकाे रुपमा सिँगल फिल्म डिजर्ब गर्छिन् त? भन्ने कुराकाे लिटमस टेस्ट थियाे याे फिल्म। यसकाे नतिजाले उनकाे स्टारपावर वा स्टारडमकाे छिनाेफानाे गर्नेवाला थियाे। ‘हिराेइनकाे रुपमा उनी के-कति भाऊ वा इंपाेर्टेन्स डिजर्भ गर्छन् वा गर्दैनन्?’ भन्ने कुराकाे छिनाेफानाे गर्नेवाला थियाे। त्यसैले याे फिल्म उनकाे करिअरकाे क्रुसल फिल्म थियाे।
अल इंडिया करिब ७०० वटा स्क्रीनहरुमा रिलिज गरिएकाे याे फिल्मले पहिलाे दिनमा केवल ३.७० कराेड रुपैयाँ कलेक्शन गरेकाे थियाे जुन समान्थकाे स्टारडमकाे तुलनामा धेरै कम थियाे। यसले उनकाे स्टारपावर हामीले साेचे जति वा प्रचार गरिए जति रहेनछ भन्ने इंप्रेसन मानिसहरुलाई दियाे। पहिलाे विकेन्डमा यसले ११.८५ कराेड रुपैयाँ कलेक्शन गर्याे। तर पहिलाे हप्तामा यसकाे कलेक्शन कुल १७.१२ कराेड रुपैयाँ पुग्याे जुन फिल्मकाे बजेट रिकभरीकाे हिसाबले सन्ताेषजनक थियाे। हलहरुबाट चलेर उत्रन्दासम्म अन्ततोगत्वा ‘यशाेदा’ ले जम्मा २८.२० कराेड रुपैयाँ ग्राेस कलेक्शन गर्याे। कर कटाएर २३.४० कराेड रुपैयाँ नेट कलेक्शन गर्याे। साथै, ‘यशाेदा’ ले ओभरसिजकाे ३०० वटा स्क्रीनहरुबाट ६.१० कराेड रुपैयाँ कलेक्शन थप्याे। यसरी करिब २० कराेड रुपैयाँकाे बजेटमा बनाइएकाे याे फिल्मले लगानी उठाएर यसका निर्माताहरुलाई थाेरबहुत मुनाफा पनि कमाएर दियाे। ‘यशाेदा’ काे सेटेलाइट राइट्सकाे पैसा चाेखाे मुनाफा बस्ने भयाे। हरेक दस-दशबर्षमा सेटेलाइटकाे राइट्स फेरिफेरि बेच्न सकिन्छ जसले टिभीबाट आजीवन मुनाफा दिइरहनेछ। सिनेमाहलहरुमा गरेकाे प्रदर्शन वा व्यापारकाे आधारमा भने याे फिल्म सेमिहिट (अर्धसफल) घाेषित भयाे। तर समान्थकाे स्टारपावर अपेक्षाकृत बलियाे वा प्रभावशाली देखिएन। पहिलाे हप्तामा केवल ३.७० कराेड रुपैयाँकाे कलेक्शनले उनकाे फिल्म अपेक्षा गरेभन्दा धेरै कम दर्शकहरुले मात्र हेरेकाे देखायाे। धन्न पहिलाे हप्ताकाे १७ कराेड रुपैयाँकाे कलेक्शनले लाज धान्याे।
हिन्दी बेल्टहरुमा त ‘यशाेदा’ काे व्यापारकाे अवस्था झन् नाजुक देखियाे। ‘दि फेमिली म्यान-२’ बाट हिन्दी दर्शकहरुमाझ पनि समान्थकाे राम्राे नाम र प्रभाव बनेकाे विश्वास गरिएकाे थियाे तर हलहरुमा ‘यशाेदा’ हेर्ने दर्शकहरुकाे अभावले त्याे विश्वास मिथ्या भएकाे प्रमाणित गर्याे। समान्थकाे हिन्दी बेल्टमा कुनै स्टारपावर वा फ्यान्स फलाेविङ नै देखिएन। हिन्दी बेल्टहरुमा उनकाे स्टारडमकाे कुनै प्रभाव वा असर नै देखिएन। हिन्दी बेल्टहरुमा पहिलो दिन ‘यशाेदा’ ले केवल ३२ लाख रुपैयाँ कलेक्शन गर्याे, पहिलाे विकेन्डमा केवल १.०८ कराेड रुपैयाँ
कलेक्शन गर्याे, पहिलाे हप्तामा १.५७ कराेड रुपैयाँ कलेक्शन गर्याे, अनि लाइफटाइम १.७५ कराेड रुपैयाँ नेट कलेक्शन गर्दै याे फिल्मले प्याकअप गर्न पुग्याे। यसकाे लाइफटाइम कलेक्शन २ कराेड पनि पुगेन। (हुन त साउथकाे सुपरस्टार विजयकाे फिल्म ‘मास्टर’ले पनि हिन्दी बेल्टमा केवल ३ कराेड रुपैयाँ लाइफटाइम कलेक्शन गरेकाे थियाे। साउथकाे बिग स्टारहरु, सुपरस्टार भनिएक स्टारहरुकै फिल्महरु पनि हिन्दी बेल्टमा चलेकाे देखिन्दैन। जबकि युट्युब र टिभीमा भने उनीहरुकै फिल्महरुकाे क्रेज वा पपुलारिटी देखिन्छ तर त्याे क्रेज वा पपुलारिटी सिनेमाहलहरुमा उनीहरुकाे नयाँ फिल्महरुलाई रिलिज गर्दा भने देखिन्दैन। समान्थकाे पनि ‘दि फेमिलीमेन-२’ काे समयमा खुब सरहना भएकाे थियाे। खुब चर्चा र प्रशंसा भएकाे थियाे। मिडिया र साेसल मिडियाहरुमा त उनकाे प्रशँसाहरुकाे बाढी नै आएकाे थियाे तर त्यसकाे प्रभाव सिनेमाहलहरुमा देखिएन। ओटिटीमा उनले कमाएकाे लाेकप्रियताले ओटिटीकाे दैलाे नाघेर सिनेमाहलहरुसम्म प्रवेश गरेकाे देखिएन।)
तर समान्थ मूलभूत रुपमा तेलुगुकाे एक्ट्रेस भएकाेले तेलुगुभाषी क्षेत्रहरुमा उनकाे अन्तभन्दा राम्राे प्रभाव बरकरारै रहेकाे देखियाे। जे हाेस्, यसपटक त समान्थले जसाेतसाे बक्सअफिसकाे अग्निपरीक्षा पास गरिन् (निर्मातालाई डुब्नबाट बचाइन्। लगानी पनि उठाइदिइन्।) तर उनकाे स्टारपावर भने अझै पनि प्रमाणित भइसकेकाे छैन, अझै पनि परीक्षणमै छ। समान्थले बढीमा २०-२२ कराेडसम्मकाे बजेट भएकाे मध्यमस्तरकाे फिल्ममात्र धान्न सक्छन्। त्यसभन्दा बढी बजेट भएकाे अथवा बिग बजेट भएकाे फिल्म धान्न सक्दैनन् भन्ने देखिएकाे छ। निर्माताहरु उनी त्याे भन्दा बढी बजेट भएकाे फिल्महरु आफ्नै दममा धान्न सक्छिन् भन्ने कुरामा विश्वस्त भइरहेका छैनन्।
तर निर्माताहरु विश्वस्त भए पनि, नभए पनि आजकाे तारिखमा साउथमा नयनतारा र समान्थमात्र यस्ता (स्टारडम भएका) अभिनेत्रीहरु हुन्, जाे निर्माताहरुलाई आफ्नै भरमा उनीहरुकाे लागत उठाएर दिने क्षमता राख्छन्, फिल्मलाई आफ्नाे काँधमा फिल्म बाेकेर हिँड्ने क्षमता राख्छन्। अन्य नायिकाहरुले याे क्षमता राख्दैनन्। किनभने उनीहरु जतिकाे स्टारपावर अरुहरुमा छैन। उनीहरु पक्का स्टार हुन्, बाँकी अन्य नायिकाहरुमात्र हुन्। नायिका हुनु र स्टार हुनु एउटै कुरा हाेइन। सबै स्टार नायिका हुन्, सबै नायिका स्टार हाेइनन्। साउथमा अरु पनि थुप्रै थिए स्टार नायिकाहरु, सबै एक-एक गर्दै हराउँदै गए। अब नयनतारा र समान्थ दुईजनामात्र स्टार हिराेइन बाँकी छन् साउथमा जाे पुराना पनि हुन् र अनुभवी पनि। उनीहरु स्टार भइसकेका हुन्। बाँकी अरु नायिकाहरु ‘स्टार इन मेकिङ’ प्राेसेसमै छन्। स्टार भइसकेका छैनन्।
नारी पराधिनता भारतीय सिनेमाहरुकाे चरित्र नै बनेकाे थियाे। हिजाेसम्म पनि भारतीय सिनेमाहरु नारी पराधिनताकै लागि चिनिन्थे। तर अहिले भारतीय सिनेमाहरुकाे याे चरित्र बदलिन्दै गइरहेको छ। सिनेमाहरु परिवर्तन हुँदै गइरहेका छन्। हिजाेकाे नाजुक, लाचार, पराश्रित नारी पात्रहरुकाे स्थान आज सशक्त, सक्षम र आत्मनिर्भर नारी पात्रहरुले लिइरहेका छन्। अझ आज बलिउडकाे तुलनामा साउथले नायिकाहरुलाई केन्द्रमा राखेर बढी मात्रामा फिल्महरु बनाइरहेकाे छ। सशक्त, सबल, सक्षम नायिकाहरु पर्दामा गढिरहेकाे छ। नारीप्रधान सिनेमाहरुकाे एउटा छुट्टै श्रृङखला नै चलिरहेको छ साउथकाे सिने इंडष्ट्रीहरुमा। ‘अरामम’ (तेजस्विनी), ‘रातचासी’ (म्याडम गीता रानी), ‘वाइफ अफ राम’, ‘भागमती’ यस्तै नारीप्रधान फिल्महरु हुन्। ‘यशाेदा’ यही श्रृङखलाकाे लेटेस्ट कडी हाे। अनि, यी सबै फिल्महरुमा पुराना नायिकाहरु छन्। अरामम’ (तेजस्विनी) मा नयनतारा छन्, ‘रातचासी’ (म्याडम गीता रानी) मा ज्याेतिका छन्, ‘वाइफ अफ राम’ मा लक्ष्मी मँचु छन् भने ‘भागमती’ मा अनुष्का शेट्टी छन्। अनि ‘यशाेदा’ मा समान्थ छन्। यी सबै पुराना अभिनेत्रीहरु हुन्, जति पुरानाे अभिनेत्री, उति खारिएकाे अभिनय। नयाँ नायिकाहरु काेही पनि छैनन्। यसले पनि पुराना बाहेकका नायिकाहरु स्टार भइनसकेकाे मेराे भनाइलाई पुष्टि गर्छ। नयाँ पुस्ताका नायिकाहरुमध्ये ‘मिस इंडिया’ र ‘सानी कायिधम’ जस्ता सिनेमाहरुमा नायिका कीर्ति सुरेश र ‘नट आउट’ (कना) र ‘का पाई रणसिँगम’ जस्ता सिनेमाहरुमा नायिका ऐश्वर्या राजेश याे ‘स्टार इन मेकिङ’ प्राेसेसमा सबभन्दा अगाडि देखिन्छन्।