गढवामा विद्यालयस्तरीय कुष्ठरोग स्क्रिनिङ कार्यक्रम सुरु

आलोक भावुक

गढवा,२८ कार्तिक। गढवा गाउँपालिकाको समन्वयमा विद्यालयस्तरमै कुष्ठरोग पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सुरु गरिएको छ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र, फेयर मेड फाउन्डेशन नेपाल र प्रेरणा परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत आज (बिहीबार) गढवा गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय, बिद्यानगर गोबरडिहामा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

कार्यक्रममा १ सय ११ जना छात्रा र ८१ जना छात्रा गरी कुल १ सय ९२ जना विद्यार्थीको कुष्ठरोग स्क्रिनिङ गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

गाउँपालिकाले विद्यालय केन्द्रित अभियानमार्फत बालबालिकामाझ कुष्ठरोगबारे सचेतना अभिवृद्धि र समयमै रोगको पहिचान गर्ने उद्देश्य लिएको जनाएको छ। यसअघि जनता माध्यमिक विद्यालय, गढवा मा पनि सोही उद्देश्यका साथ कुष्ठरोगी खोज–पडतल कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रमको अनुगमन गढवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाश चन्द्र चौधरी र प्रेरणा परियोजनाका सामाजिक परिचालक अमित यादव ले गर्नुभएको थियो। प्रमुख चौधरीका अनुसार गाउँपालिकामा कुष्ठरोगी देखिएका वडाहरूमा विशेष प्राथमिकताका साथ स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको छ।

उहांका अनुसार विद्यालयस्तरका यस्ता अभियानहरूले रोग पहिचान, उपचारमा सहजता र समुदायमा कुष्ठरोगबारेका भ्रम हटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID