बाच्छा काटेर खाने कार्यमा संलग्नलाई कार्वाही गर्न यादव समाज सेवा संघको माग

आलोक भावुक

गढवा, २१ असोज । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट रातको समयमा स्थानीय महिलाहरुले गौशालामा गई मेरो बाच्छो हराएर गौशाला आएको छ भनेर गौशाला बाट बाच्छा ल्याई काटेर खाएको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले ३ महिला र एक जना पुरुष लाई आफ्नो नियन्त्रणमा लिएको छ।

 यादव समाज सेवा संघ केन्द्रीय कार्य समितिले मंगलबार एक सूचना जारी गर्दै गौशाला बाट बाच्छा ल्याउ काटेर खाने कार्यमा संलग्नलाई हदैसम्मको कानुनी कारबाहीको लागि माग गरेको छ।

 

पत्रमा भनिएको छ-‘गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा स्थित गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गढवा-६ अतरबेदुवा स्थित केही मानवरुपी दानवहरुले गौशाला बाट बाच्छा ल्याई काटी खाई समाजमा खलबल मच्चाउने निन्दनीय कार्य गरेको हुदाँ सो घटनाप्रति यादव समाज सेवा संघको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ।’

साथै उक्त घृणित कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही होस् भनि माग गरिएको छ।

यादव समाज सेवा संघका केन्द्रीय अध्यक्ष हिरालाल यादव द्वारा हस्ताक्षरित पत्रमा कार्वाहीको लागि माग गरिएको छ।

हाल सम्म गढवामा गाई काटेको आरोपमा ३ महिला र एक पुरुषगरि चारजना पक्राउ पक्राउ परेका छन्। गौशाला बाट बाच्छा ल्याई काटेर खाएको आरोपमा गढवा-६ अतरबेदुवा बस्ने बागमती बिक, नौमती बिक, नौरती बिक र टोपे बिकलाई गाइको मासु सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID