प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज

अरू को-कोसँग हुँदैछ छलफल

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, ६ असोज  । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ।

नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार साँझका लागि भेटवार्ता तय भएको हो।

उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।

‘उहाँहरूबीच द्विपक्षीय भेट तय भएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने। मोदी उक्त होटेलमा बसिरहेका छन्।

भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो। भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको हो। ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो। यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो।

लगत्तै भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्।

त्यसमा भारतले कुनै जवाफ दिएको थिएन। नेपालले निम्तो गरेको भएता पनि नेपालका प्रधानमन्त्री ओलीले अहिलेसम्म भारतीय पक्षसँग भ्रमणको औपचारिक निम्तो भने पाएका छैनन। प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच हुन लागेको यस भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अरू पनि महत्त्वपूर्ण भेटवार्ता गर्दैछन्। मोदीसँगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेबीच २० मिनेट भेटघाट तय भएको छ।

साथै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गर्नेछन्। उक्त भेटको समय आधा घन्टा निर्धारण गरिएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमाका प्रधानमन्त्री फियम नाओटी माटा आफासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID