घोराहीमा पार्टी प्रवेश गर्ने युवाहरुलाई पूर्वमन्त्रीद्वारा स्वागत

गणतन्त्र नेपाल समाचारदाता

दाङ, १६ भदौ । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्नुभएको छ।

पार्टी प्रवेश गर्नेहरुमा घोराही ६ बाट कांग्रेसका भक्तबहादुर डाँडी, घोराही १५ का रमेश पौडेल, घोराही १५ बाट कांग्रेसका बुद्धिराम चौधरी, घोराही १५ बाट राजु चौधरी, सोही वडाका रामु चौधरी, दिनेश चौधरी, बुद्धिराम चौधरी, सीता चौधरी, सज्जन चौधरी, जिवन चौधरीलगायत रहनुभएको छ ।

माओवादी केन्द्रले अघि सारेको भ्रष्टाचारबिरोधी अभियान मन पराएर आफूहरु सो पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता शर्माले नयाँ नेपाल निर्माणको अगुवा पार्टी माओवादी केन्द्रले अब सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनताले चाहे जस्तो नयाँ नेपाल बनाउने बताउनुभयो । त्यसका लागि आम युवाहरुलाई पार्टीमा गोलबन्द भएर अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID