एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई महासंघ गढवाद्वारा सम्मान

आलोक भावुक

गढवा, ३२ साउन। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाद्वारा शैक्षिक सत्र २०८० मा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई सम्मान गरिएको छ।

शैक्षिक सत्र २०८० को एसईईको नतिजामा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालय गढवामा अध्ययनरत गढवा-२ पचहियाका श्री प्रान्जल चौधरी ३.४९ जिपिए ल्याई पालीका प्रथम भएका छन्। चौधरीलाई सम्मानपत्र र नगद सहित सम्मान गरिएको छ।

त्यसैगरी द्वतिय स्थान हाँसिल गर्ने जनता माध्यमिक विद्यालय गढवामा अध्ययनरत गढवा – ४ का विद्यार्थी प्रविन यादव ३.३१ जिपिए सहित द्धितिय र जनता माध्यमिक विध्यालय कालाकाटेका आभाष योगीले ३.२६ जिपिए ल्याई तृतीय स्थान हाँसिल गर्नु भएको थियो।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले सक्दो प्रयास गरेको बताउदै शिक्षा क्षेत्रमा सुधार तत्काल नदेखिने भन्दै केही समय पछी नतिजा देखिने बताउनुभयो ।शैक्षिक सुधारको लागि सबै पक्षको सहयोग हुनुपर्ने बताउनुभयो। शैक्षिक क्षेत्रको अवस्था गढवा गाउँपालिकाको मात्र नभइ समग्र देसको चिन्ताजनक भएको बताउदै कोरोनाकालमा विध्यालय सञ्चालन विनानै कक्षा बढाएका कारण हालका नतिजा चिन्ताजनक भएपनि आउने दिनमा नतिजा सुधार हुने बताउनु भयो।

कार्यक्रममा उपेन्द्र चालिसे, महेश कुमार अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका समितिका सदस्य, उत्कृष्ट तिन जना विद्यार्थीका अभिभावक, विद्यार्थी लगायतकाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण महासंघ गढवाका सचिव राधेश्याम थारुले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID