राप्ती गाउँपालिकाकाे वर्षे अधिवेशन अन्त्य 

तुल बहादुर कवँर मगर

भालुबाङ २१ श्रवण ।दाङको राप्ती गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन अन्त्य भएको छ।

आइतबार दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशनकाे पाँचौं बैठक सकिए सँगै साे अधिवेशनकाे अन्त्य भएको हाे।

गत असार ३ गतेदेखि सुरुवात भएको अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ काे वार्षिक बजेट सँगै विभिन्न विधेयक तथा समितिहरुकाे प्रतिवेदन पारित गरेकाे गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयाे ।

प्रवक्ता चाैधरीका अनुसार सभाले सभाका सदस्य कमलापती चाैधरीले प्रस्तुत गर्नु भएको आर्थिक वर्षको २०८१/०८२ काे वार्षिक बजेट,रिम बहादुर सुनारी मगरले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक २०८१ र गेमे खड्काले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८१ पारित गरेको छ।

त्यस्तै सभाका सदस्य तथा न्यायीक समितिका संयाेजक कमलापती चाैधरीले प्रस्तुत गर्नुभएको न्यायीक समितिको प्रगति प्रतिवेदन २०८१ र आर्थिक वर्ष २०८०/०८१ काे योजना अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन २०८१ समेत पारित गरेको छ।

त्यस्तै सभा सदस्य विष्णु पाेख्रेलले प्रस्तुत गर्नुभएको विधायन समितिको प्रतिवेदन २०८१,बलिराम चाैधरीले प्रस्तुत गर्नु भएको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन २०८१ र राेशन चाैधरीले प्रस्तुत गर्नुभएको सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८१ सभाले पारित गरेको छ।

सभामा सचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले समग्र पालिका कार्यालयकाे र अन्य विभिन्न शाखाका शाखा प्रमुखहरुले शाखागत वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सभाकाे शून्य समयमा सभाका सदस्यहरुले विभिन्न जनजीविकाका विषयमा प्रश्न तथा जिज्ञासा राख्नु भएको थियो ।

सभाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाकाे समवृद्वि र विकासका लागि सबैकाे सकारात्मक साथ र सहयोग हुनु पर्ने बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID