युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर ः अध्यक्षमा पुन माइकल बस्नेत सर्वसम्मत चयन

ओमप्रकाश गुप्ता

देउखुरी १९ साउन । युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले कार्यसमिति हेरफेर गरेको हो ।

कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरू निष्कृय भएपछि कार्यसमितिलाई क्रियाशील बनाउन समिति हेरफेर गरिएको हो ।

जस अनुसार माइकल बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा अर्जुनकुमार बस्नेत, झलकसिंह रसायली, कोषाध्यक्षमा पवित्रा विश्वकर्मा, सचिवमा सरोज पौडेल, सहसचिवमा अनिलनाथ योगी रहेका छन् ।

त्यस्तै नवगठित कार्यसमिति सदस्यहरूमा भिष्म श्रेष्ठ, तिलक रायमाझी, मोहम्मद साहिद, श्री रोका मगर, रमित चौधरी चयन रहेका छन् ।

त्यस्तै भेलाले सल्लाहकार समेत चयन गरेको छ । जसमा अध्यक्ष सल्लाकारमा अषेश न्यौपाने, वरिष्ठ सल्लाकारमा इन्द्रकुमार खड्का, कानुनी सल्लाकारमा यादव पाण्डे(सुरज), सल्लाकारहरुमा अमित कुमार गुप्ता, रितेष खड्का रहेका छन् ।

भने प्रेस संयोजकमा लमहीका लागि टेकबहादुर पुन, राप्तीका लागि ओमप्रकाश गुप्ता र गढवाका लागि श्रवण कुमार यादव चयन भएका छन् । भेला माइकल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने भेलाको सहजीकरण पवित्रा विश्वकर्माले गरेकी थिइन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID