चौथो नाईस अवार्डको आवेदन खुल्ला

गणतन्त्रनेपाल समाचारदाता

दाङ, १३ साउन। समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरण यहि साउन २० गते नेपालगन्जमा हुने भएको छ ।

बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका जो कोहीले पनि अवार्डका लागि दरखास्त दिन सक्ने गरि नाईस नेपालगन्जले आज अवार्डका लागि सार्वजनिक रुपमा आवेदन खुल्ला गरिएकोे छ ।

नाईस अवार्ड २०२४ का लागि ५ दिने खुल्ला आव्हान गरिएको छ । उक्त आव्हान अनुसार नाईस अवार्डका लागि आवेदन आवेदक स्वयम्ले गर्न सक्ने वा अरु कसैले पनि उपयुक्त ब्यक्तिको नाम नोमेनेशन वा सिफारिस गर्न सकिने गरी ब्यवस्था गरिएको छ । अवार्डका लागि केही मापदण्ड राखिएको छ जस अन्तरगत अवार्डका लागि दरखास्त गर्ने ब्यक्ति नेपाली नागरिक हुनुपर्ने, सामाजिक क्षेत्रमा कार्यक्षेत्र बाँके जिल्लामा रहेर काम गरेको हुनुपर्ने, कुनै पनि नियमनकारी निकायको कारवाहीमा नपरेको हुनुपर्ने र व्यक्ति अवार्डका लागि दावेदार हुन भनी आवेदक⁄मनोनयनकर्ताले स्पष्ट कारण आवेदन फारममा खुलाउनुपर्ने रहेको छ । आवेदनका लागि प्रस्तावित ब्यक्तिको सम्पूर्ण विवरण राख्न सुचनामा उल्लेख गरिएको ढाँचा प्रयोग गर्नुपर्ने छ । यसरी सम्पूर्ण प्रक्रिया पुरा गरेर आवेदन संस्थाको आधिकारीक ईमेल लभउबनिगलवलष्अभ२नmबष्।िअयm मा पठाउन सकिने वा संस्थाको कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा आएर समेत दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ ।

हरेक बर्ष अवार्ड प्रदान कार्यक्रमलाई थप ब्यवस्थित बनाउदै लगेको नाईस नेपालगन्जले आगामी दिनमा प्राप्त सुझावहरुको आधारमा परिमार्जन र फराकीलो गर्दै लैजाने योजना रहेको छ । आव्हान गरिएको सूचनाको समय सिमा भित्र आवेदन गरि नाईस अवार्डमा सहभागि हुन सबैमा अपिल गर्दछौै ।

पहिलो नाईस अवार्ड २०२१

पहिलो नाईस अवार्ड २०२१ लागु औषध दूब्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई प्रदान गरिएको थियो । लागु औषध दूक्यसनि बिरुद्ध लामो समय देखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरे वागत उक्त सम्मान प्रदान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरिएको थियो ।

दोश्रोे नाईस अवार्ड २०२२

नाईस नेपालगञ्जले मिति २०७९ साउन २३ गते नेपालगन्जमा सम्पन्न बिशेष कार्यक्रममा गैर सरकारी संस्थामा क्रियाशिल मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली शिद्धिकीलाई सामाजिक रुपान्तरणमा पु¥याउनु भएको असल योगदानको उच्च कदर गर्दै नगद १० हजार पुरस्कार सहित दोश्रो ल्क्ष्ऋभ् ब्ध्ब्च्म् (द्दण्द्दद्द प्रदान गरेको थियो ।

तेस्रो नाईस अवार्ड २०२३

नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो । नाईस नेपालगन्जको अयोजनामा २०८० साउन २३ गते नेपालगन्जमा आयोजित एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा. धवल शमशेर राणाले गैरेलाई अवार्ड प्रदान गरेका थिए । पत्रकारितामा तिन दशक लामो समय देखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याएका गैरे अवाडका लागि चयन भएका थिए ।

नाईसले यस बर्षको नाईस अवार्ड प्रदान कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन कार्यक्रमको तयारीलाई तिब्रता दिएको छ ।

नाईस नेपालगन्ज समाजमा भईरहेका राम्रा र सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, समाजमा उत्कृष्ट कार्य गर्दै समाज रुपान्तरणका लागि काम गरिरहेका ब्यक्तिहरुलाई सम्मान गर्ने, सुन्दर शहरको परिकल्पना गर्दै सरसफाई र बृक्षारोपण गर्ने तथा राम्रा कामहरुमा बालवालिका तथा युवाहरुलाई लाग्न अभिप्रेरित गर्ने उद्धेश्यले विभिन्न क्षमता अभिबृद्धी तालिमहरु सञ्चालन गर्दै आएको छ । सबै ब्यक्ति समाजप्रति सकारात्मक भएमा सुन्दर समाजको परिकल्पना गर्न सकिने नाईस नेपालगन्ज, बाँकेको मान्यता रहेको छ ।

हेमराज भट्ट अध्यक्षनारईस नेपालगन्ज

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID