इलाका प्रहरी कार्यालय गढवाद्वारा अवैध सामान बरामद 

आलोक भावुक

गढवा, ९ असार। ईलाका प्रहरी कार्यालय गढवा ठुलो सफलकता हात पारेको छ। पछिल्लो समयमा भारतबाट भन्सार छली बिभिन्न खाद्यपदार्थ नेपालमा निर्यात बढे संगै दाङ देउखुरीको गढवामा रहेको ईलाका प्रहरी कार्यालय गढवाले दिनप्रतिदिन ठुलो सफल्ता हात पार्दै आएको छ।

असार ८ गते ईलाका प्रहरी कार्यालय गढवाले टोलीले गढवा गाउँपालिका वडा नम्बर ५ बाँकी गाँउ स्थित दामोदर मार्ग हुलाकी सडक खण्डको दक्षिण तर्फको किनारामा अवैधरुपमा भन्सार छली चोरी निकासी गरि ल्याई लुकाई छिपाई राखेको चिनि तथा सुर्ती जन्य पदार्थ बरामद गरेको ईप्रका गढवाका प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विषेश टोलीले ठुलो मात्रामा अबैध भारतीय सामान बरामद गरेको हो। पछिलो समय राप्तीको प्रवेशद्वारको रुपमा रहेको कोईलाबास आसपासका क्षेत्रमा तस्करी बढदै गएको गुनासो आउन थालेपछि प्रहरीले सो कदम चालेको बताईएको छ ।जिल्लाको सिमावर्ती भारतीय बजार बालापुर तुलसीपुर लगायतका बजारबाट तस्करहरुले विभिन्न भारतीय सामान खरिद गरी कोईलाबास नाकाबाट सामान जिल्लामा भित्र्याउने गरेका थिए ।

अवैधरुपमा भन्सार छली चोरी निकासी गरि ल्याई लुकाई छिपाई राखेको नखोलेको बन्द बोरामा रहेको ५० किलोग्रामको ७ बोरा चिनीको कुल ३ सय ५० किलोग्राम ,खुल्ला अवस्थामा रहेको ४० किलोग्रामको २ बोरा चिनीको कुल ८० किलोग्राम ,खुल्ला अवस्थामा रहेको ३० किलोग्राम भएको १ बोरा चिनी,खुल्ला बोरामा राखेको २५ किलोग्राम तौल भएको १४ बोरा चिनीको कुल ३ सय५० किलोग्राम गरी कुल ८ सय १० किलोग्राम तौल बराबरको चिनी बरामद गरेको ईप्रका गढवाले जनाएको छ। त्यसैगरी सुपर पावर सुर्ती ५० पोका,जम्बार सुर्ती ४८ पोका, मटर दाल ३० किलोग्रामको १ बोरा फेला पारी वेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID