
गढवा, १२ जेठ। यादव समाज सेवा संघ ८औं महाधिवेशनबाट केन्द्रीय समितिको लागि भएको निर्वाचनमा अध्यक्ष पदमा हिरालाल यादव निर्वाचित हुनु भएको छ। दोस्रो कार्यकालका लागि यादवले एक हजार ७४ मत ल्याई बिजय हुनु भएको हो। १३ मतान्तरले निर्वाचित हुनु भएको यादवको निकटतम् प्रतिस्पर्धी राम प्रताप यादवले एक हजार ६१ मत प्राप्त गर्नु भएको थियो। भने बिना प्यानल एक्लै अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका रामदास यादव(आरडी) ले एक सय ६४ मत प्राप्त गर्नु भएको छ।
त्यसैगरी महासचिवमा एक हजार एक सय ९२ मत ल्याउदै राम बरण यादव निर्वाचित हुनु भएको छ। उहाँको निकटतम् प्रतिस्पर्धी मिन्तीराम यादव एक हजार १५ मत ल्याउनु भएको थियो । एक सय ७७ मतान्तर सहित रामबरण यादव निर्वाचित हुन सफल हुनु भएको हो ।
त्यसैगरी उपाध्यक्षमा छेदी यादव (जोखु) निर्वाचित हुनुभएको छ। उहाँले एक हजार एक सय ४८ मत ल्याउदै ८८ मतान्तरले बिजय हुनु भएको हो।उहाँको निकटतम प्रतिस्पर्धी पञ्चाराम यादवले एक हजार ६० मत ल्याउनु भएको थियो ।
त्यसैगरी सचिवपदमा एकराज यादव निर्वाचित हुनुभएको छ, उहाँले एक हजार दुइ सय १ मत ल्याउदै दुई सय ९ भारी मतान्तरले बिजय हुनु भएको हो ।उहाँको निकटतम प्रतिस्पर्धी अनिल कुमार यादव नौ सय ९२ मत ल्याउनु भएको थियो ।
त्यसैगरी सम्पन्न निर्वाचनमा सदस्यहरुमा ६ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये सर्वाधिक मत सहित गुरुदिन यादव(१२१६),मुक्तिनाथ यादव (१२१५)र बासुदेव यादव (१०५६) निर्वाचित हुनुभएको छ। सदस्यपदका उम्मेदवार राम करण यादव(९४८),माधव यादव(१०४५) र सिताराम यादव (८९९) मत प्राप्त गर्नु भएको थियो।
त्यसैगरी कोषाध्यक्ष पदमा गिता कुमारी यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक त्रिजोगी नारायण यादवले जानकारी दिनुभयो ।
कुल तिन हजार छ सय ८१ मतदाता रहेको यादव समाज सेवा संघमा दुई हजार पाँच सय ६९ मत खसेको थियो।





