
गढवा, १० जेठ। यादव समाज सेवा संघ केन्द्रीय समिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान भैरहेको छ।
यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवाको आठौं महाधिवेशनबाट सहमति हुन नसकेपछी निर्वाचन प्रक्रिया अघि बढेको हो।
मतदातालाई सहजताको लागि ५ वटा मातदान केन्द्र स्थापना गरिएको छ । मावि दुलैया, मावि खरदरिया, जनता मावि गढवा, गंगाप्रसपुरको ४ नम्बर वडाकार्यालय र माध्यमिक विद्यालय पचहियामा मतदाता केन्द्रबाट एकसाथ मतदान भैरहेको निर्वाचन समिती संयोजक त्रिजोगी नारायण यादवले जानकारी दिनु भयो।
दिउसो १ बजे सम्म ३० प्रतिशत मतदान भएको निर्वाचन समिती संयोजक यादवले जानकारी दिनुभयो।
केन्द्रीय समितिका ७ सदस्यीयको लागि निर्वाचन भैरहेको छ। समितिको कोषाध्यक्षमा सर्वसम्मत भएको छ भने अन्य ७ सदस्यीयको लागि निर्वाचन भैरहेको छ।
अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेता पनि एक जनाले प्रेस विज्ञप्ति मार्फत चुनाव नलड्ने घोषणा गरेपछी हाल अध्यक्ष पदका लागि ३ जनाको नाममा मतदान भैरहेको छ।
त्यसैगरी उपाध्यक्ष पदका लागि २ जना, महासचिव पदका लागि २ जना, सचिवको लागि २ र ३ सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचनमा अध्यक्ष, महासचिव, सचिव र २ सदस्यहरु राम्रो काम गरेकाले पुनः मौका मिल्ने आशामा निर्वाचनमा होम्मिएका छन् भने अन्य नयाँ अनुहारले भने आफुपनि समाजको लागि सेवा गर्ने ईच्छा सहित मैदानमा उत्रिएका छन्। ।
मतदान साझ ५ बजे गेट प्रवेश बन्द हुनेछ र आज रातिदेखी मतगणना सुरु हुने निर्वाचन समिती सदस्य दुखहरण यादवले जानकारी दिनु भयो।





