प्रेस चौतारी नेपाल लुम्बिनीको प्रथम साधारणसभाको तयारी पुरा

एमालेका पोलिटव्युरो सदस्य थापाले उद्घाटन गर्ने

ओमप्रकाश गुप्ता

भालुवाङ ५ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी कमिटिको प्रथम साधारणसभा तथा प्रदेश भेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

लुम्बिनी प्रदेशको राजधानी स्थल दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा हुन लागेको साधारणसभा तथा भेलाको तयारी पुरा भएको चौतारीकी प्रदेश कमिटि महासचिव निरु गौतमले जानकारी दिएकी छिन् ।

हाल सम्म अतिथि निमन्त्रणा, स्वागत सामाग्री निमार्ण तथा मञ्च व्यवस्थापनको काम पुरा भएको महासचिव गौतमले जानकारी दिएकी छिन् ।

विहान ११ बजे देखि सुरु हुने साधारसभा तथा भेलाको उद्घाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाले गर्ने कार्यक्रम तय भएको महासचिव गौतमले जानकारी दिएकी छिन् । उद्घाटन कार्यक्रममा उपस्थितीका लागि सम्पुर्ण श्रमजीवि पत्रकारहरुलाई निमन्त्रणा समेत गरिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID