प्रेस चाैतारीको स्थापना दिवस, आर्थिक विकासको मेरूदण्ड पत्रकारिता हो : नगर प्रमुख चाैधरी

दाङमा ७ जना पत्रकार पुरस्कृत

ओमप्रकाश गुप्ता

दाङ २२ माघ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चाैधरीले समाज कस्तो बनाउने भन्ने कुरानै समाचार भएकोले आर्थिक क्षेत्रको विकासका लागि पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका छन् ।

प्रेस चाैतारी नेपाल दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चाैधरीको प्रमुख आतिथ्यता तथा चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चाैधरीले पत्रकारमा समस्या र चुनाैती छ तर पत्रकारले सकारात्मक नकारात्मक समाचार प्रकाशन प्रसारण गर्न सवै पत्रकारहरूमा आग्रह समेत गरेका छन् ।

त्यस्तै उनले नगरपालिकाबाट समानुपातिक तरिकाले विज्ञापन पाउनु पर्छ भन्ने पत्रकारहरूको गुनासोमा उनले नगरपालिकाको विधि र कानुन अनुसार राजश्व नबुझाउने मिडियालाई विज्ञापन दिन नसकिने बताएका छन् । जसले सरकारको नीति र कानुन अनुसार राजश्व बुझाउँछन् त्यस्ता मिडियाहरूलाई नगरपालिकाले विज्ञापन र सुचना दिदै आएको बताएका छन् ।

त्यस्तै प्रेस चाैतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले यस वर्ष नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वलाई देशभर सर्वसम्मत बनाउन बहस र छलफल भईरहेको बताएका छन् । त्यस्तै दाङलाई पनि सर्वसम्मत बनाउन सवै प्रेस संगठनलाई आग्रह गरेका छन् ।

चाैतारी दाङकी उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव पुर्ण बुढाथोकी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सञ्चारिका समूह दाङका अध्यक्ष सुलोचना गाैतम, नेपाल प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, समाजवादी प्रेस संगठनका सुर्य विसी, जनपत्रकार संगठन दाङका उपाध्यक्ष जंग रेउले लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नवनिर्वाचित चाैतारी दाङका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । चाैतारी दाङकी उपाध्यक्ष दिप्तीशिखा चाैधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन चाैतारी दाङका सचिव किरण गाैतमले गरेका थिए ।

प्रेस चौतारीको २६ औं स्थापना दिवसका अवसरमा ७ जना पत्रकार पुरस्कृत

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा दाङमा ७ जना पत्रकार पुरस्कृत भएका छन् ।

जस अनुसार चाैतारी योगदान पुरस्कारबाट जेएन सागरलाई, चौतारी दाङका पूर्व अध्यक्ष दुर्गालाल केसी र सदस्य बिमला केसीले स्वर्गीय बुबा धनिराम केसीको स्मृतिमा स्थापना गर्नुभएको धनिराम स्मृति पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका समाचारदाता दशरथ घिमिरेलाई, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य सरिता सुवेदीले स्वर्गीय हजुर बुबाको स्मृतिमा स्थापना गरेको हिमस्मृति शाहसिक पत्रकारिता पुरस्कारबाट रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरीलाई प्रदान गरिएको छ ।

 

त्यसैगरी स्वर्गीय मदन केसीको स्मृतिमा परिवारले स्थापना गरेको मदन केसी आर्थिक पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका समाचारदाता सन्तोष खनाललाई र प्रेस चौतारी प्रतिभा पुरस्कारबाट रेडियो हापुरेका सम्पादक रामप्रसाद सुवेदी, रेडियो प्रकृतिका चेतन वली, देउखुरी टुडे डटकमका समाचारदाता लक्ष्मी पोख्रेललाई प्रदान गरिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID