एयरपोर्ट देखि विकास निर्माणका लागि जिल्लाको साझा अवधारणा आवश्यक

सविन प्रियासन

दाङ, २४ पौष। दाङमा २०१० सालमानै तुलसीपुरको टरिगाउँ विमानस्थलमा विमान बसेको हो । तर दुःखका साथ भन्नुपर्छ ७० वर्ष बितिसक्दा समेत त्यहाँ बनेको एयरर्पोट अल्पत्र अवस्थामा छ । समयको विकासक्रमसँगै सुविधासम्पन्न एयरर्पोटहरु त्यो पनि चार वा सो भन्दा बढि इञ्जन भएको अनि सयौ यात्रुहरु चढ्न सकने विमानस्थल नेपालमा धेरै बनि सकेका छन् । समयको हिसाबले भन्नु पर्दा दाङको एयरपोर्टको अगाडी ती विमानस्थलहरु धेरै पछि सुरु भएका हुन् ।

दाङ सबै हिसाबले अव्वल जिल्ला हो । यहाँ एकसे एक नेताहरु सबै पार्टीमा हुनुहुन्छ । पटकपटक मन्त्री, मुख्यमन्त्री देखि अन्य विभिन्न जिम्मेवार तहमा जिल्लाका व्यक्तित्वहरु पुगि रहनु भएको छ । तर दाङमा अहिलेसम्म हट्न नसकेको भेगिए सोँचले जिल्लामा आवश्यक पर्ने संरचनाहरु अलपत्र अवस्थामा छन् । जिल्लाभित्र मित्रवत प्रतिष्पर्धा हुँदा सक्रियता र पहलकदमिका आधारमा जहाँ पनि सरंचना निर्माण हुन सक्छ । यसले कुनै न कुनैरुपमा जिल्लालाई लाभ गरिरहेको हुन्छ । तर जिल्लाकै अत्यावश्यक बस्तु जो एउटा भन्दा दुईवटा बनाउनै हुँदैन, त्यस्तो संरचना निर्माणको सवालमा पनि जिल्लाभित्र भेगिए राजनीति हाबि हुन्छ भने यो भन्दा दुःखको कुरा अर्को हुन सकदैन । विगतदेखि अहिलेसम्म जिल्लामा नियमितरुपमा हवाइ उडान हुने वातावरण निर्माण हुन सकेको छैन ।

दाङ जिल्लाको भूगोलको लडाइमा खेलेर अन्य जिल्लाले ठूलाठूला एयरर्पोटहरु निर्माण गरिसके, जब दाङको कुरा आउँछ, अन्य जिल्लाका नेता देखि उच्च पदमा बसेकाहरुले जिल्लामै एयरर्पोट निर्माण गर्ने सवालमा एकता छैन भन्दै यहाँको लागि छुट्याउन सकिने बजेट अहिलेसम्म बाहिर गैरहेको छ । तसर्थ विगतमा कसेल के ग¥यो, को माथि आयो, को पछाडी प¥यो भन्ने कुरालाई अब तिलाञ्जली दिएर एयरर्पोट, कोइलाबास भन्सार, फोरलेन सडक, पश्चिम हापुरेसुर्खेत सडक सूचारु गर्ने सवालमा अब साझा अवधारणा बनाउन कसैले पनि अर्घेलो थाप्नु हँुदैन ।

यतिबेला जिल्लामा एयरर्पोट अनिवार्य जस्तै भैसकेको छ । कम्तिमा पनि ७२ सिटे विमान बस्ने एयरर्पोट बनाउने सवालमा अब यहाँका दशवटै पालिका अनि सबै राजनीतिक दल, क्रियाशिल सामाजिक संघसंस्थाहरुबीचमा साझा अबधारणा बनाउन जरुरी छ । यस प्रकारको अवधारणा निर्माण गर्न साझा निकायले नै सक्दछ । यही कुराको मनन गरी घोराही बनाऔं अभियानले जिल्ला समन्वय समितिलाई यहाँको विकास र एयरपोर्टको सन्दर्भमा साझा अवधारणा निर्माण गरी काठमाडौंलाई दबाब दिने किसिमले अगाडी बढ्न अनुरोधसहितको ज्ञापनपत्र बुझाएको छ ।

यो दाङकै लागि आवश्यक छ । अब यो विषयमा ढिलाई गर्नै हुँदैन । एयरपोर्ट निर्माण गर्ने सवालमा जिल्लाको साझा अबधारणा निर्माण गरेर जति सक्यो चाँडो काठमाडौं जान सकिन्छ, त्यति चाँडै दाङको एयरर्पोट निर्माण देखि नियमित हवाई उडान सुरु हुनेछ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID