सिमा क्षेत्रमा राज्यको ध्यान जानू पर्छ- उपप्रमुख योगी

 प्रिया स्मृती गजमेर

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सिमा क्षेत्रमा बस्ने नेपालीहरुको अवस्था दयनीय भएको बताउनु भयो ।

त्यस क्षेत्रमा राज्यले विषेश ध्यान दिनु पर्ने उहाँको भनाई छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज, फियान नेपाल, जिल्ला खाद्य अधिकार संजाल संघ र स्थानीय खाद्य अधिकार संजाल गढवाले शुक्रबार लमहीमा आयोजना गरेको “सिमावर्ती क्षेत्रमा मानव अधिकार तथा खाद्य अधिकारको अवस्था र प्रदेश सरकारको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम” मा उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।

आवश्यकताका आधारमा वजेट विनियोजन गरिनु पर्छ, जस्तै सिमा क्षेत्रमा अत्यावश्यक छ, पहिले सिमा क्षेत्रको सुरक्षा गरेर मात्र अन्य क्षेत्रमा राज्यले लगानी गरोस, साथै नेपाली भएर भारतको भर पर्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ, भारतले गर्ने मानविय व्यवहार प्रती राज्य सचेत हुनु पर्छ”- उहाँले भन्नू भयो । सिमा क्षेत्रमा नेपाली चेलीबेटी दिउँसो बलात्कृत हुनु पर्ने, हेपिनु पर्ने जस्ता घटना हुनुले पनि छिमेकी मूलुकले हामीलाई कस्तो व्यवहार गर्दै छ भनेर हामी प्रष्ट हुनु पर्छ”- उहाँले भन्नू भयो ।

फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहको अध्यक्षता तथा संघीय सांसद मेनका पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गड्जवा गाउँपालिका उपाध्यक्ष सारदा चौधरी, लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारु, प्रदेश सांसद लोका विक, गृह मन्त्रालयका सचिव लालबाबु कवाडी, राष्ट्रिय मानव अधिकार आयोगका दारिका देवि अधिकारी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको बारेमा फियान नेपालका साजिदा सिद्दिकीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID