राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवारको नाम, गगन थापाको लिखित असहमति

गणतन्त्र नेपाल समाचारदाता

काठमाडाै २३, पाैष । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । संस्थापन पक्षबाट ६ जना र संस्थापनइतरपक्षबाट ४ जना उम्मेदवार चयन भएका छन् ।

कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा झापा-३ बाट पराजित भएका थिए । त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् । सिटौला र ढुंगाना दुवै संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् ।

वाग्मती प्रदेशमा अन्यतर्फ जीतजंग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन् भने पुडासैना नेता कोइरालासँग निकट हुन् ।

त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्संख्यक तथा अपांगता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् । श्रेष्ठ र परियार दुवै संस्थापन इतर पक्षका हुन् ।

लुम्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी संस्थापन इतर पक्षकी नेता हुन् ।

कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपांगता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । उनीहरु तीनै जना संस्थापन पक्षका नेता हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

तर पार्टीको निर्णयमा महामन्त्री गगनकुमार थापाले फरक मत राखेका छन् ।केन्द्रीय कार्यसमितिले गरेको निर्णयभन्दा फरक मापदण्डबाट उम्मेदवार चयन भएको भन्दै महामन्त्री थापाले लिखितरुपमै फरक मत राखेका थिए ।

गगन थापाको फरक मत यस्तो छ :

१.हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।यसै गरि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२-१४ गतेसम्म वसेको वैठकले राष्ट्रिय सभा को उम्मेदवार चयन सम्बन्धमा हालसम्म कुनैपनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने” लगायत को मापदण्ड तय गरेको थियो।

संसदिय बोर्ड को आजको बैठक ले उम्मेदवार को चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन।

२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सवै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभुति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुन एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ 

अत: आजको निर्णय प्रती मेरो लिखित असहमति रहेको छ।

मेरो असहमति को वावजुद बैठकमा बहुमत ले गरेको निर्णय कार्यन्वयन मा जादा मेरो पूर्ण सङ्ग्लग्नता रहने नै छ।

गगनकुमार थापा

महामन्त्री

२०८० पौष २२

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID