समृद्ध दाङ विषयमा विशेषांक प्रकाशन गरिने

गणतन्त्रनेपाल समाचारदाता

घोराही १५ मंसिर । गणतन्त्र राष्ट्रिय दैनिकले आफ्नो १७ औं वार्षिकोत्सवको अबसरमा समृद्ध दाङ विषयमा विशेषांक प्रकाशन गर्ने भएको छ ।

गणतन्त्र दैनिक आउँदो पुस १६ गते १७ वर्षमा प्रवेश गर्दैछ । २०६४ पुस १६ गते स्थापना भएको गणतन्त्र दैनिकले वार्षिकोत्सवको अबसरमा समृद्ध दाङ विषयमा विशेषांक प्रकाशन गर्ने, यसका लागि सबैसँग यही विषयको सेरोफेरोमा रहेर विषयगतरुपमा दाङको समृद्धिसँग जोडेर लेख, रचना पठाउन पत्रिकाले सबैसँग अनुरोध गरेको छ । पुस ७ गतेसम्म पत्रिकामा प्राप्त हुने रचनालाई विशेषांकमा स्थान दिइने पत्रिका प्रकाशक, सम्पादक सविन प्रियासनले जानकारी दिनुभयो ।

यसका साथै वार्षिकोत्सवको अबसरमा समृद्ध दाङ, सम्भावना र चुनौती विषयमा छलफल कार्यक्रम गर्ने, खेलकूद प्रतियोगिता गर्ने, विभिन्न क्षेत्रमा योगदान पुराउनु भएका व्यक्तित्वलाई सम्मान र पुरस्कृत गरिनेलगायतका कार्यक्रम तय गरिएको प्रियासनले बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID