स्वर्गद्धारी गुठीपीडित संघर्ष समितिद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

एकसाता भित्र सहमतिका लागि छलफल चलाउँछौं ः प्रजिअ

गणतन्त्रनेपाल समाचारदाता

घोराही, १० मंसिर । श्री स्वर्गद्धारी गुठी पीडित किसान संघर्ष तदर्थ समिति दाङ देउखुरीले आफूहरुको समस्या समाधानका लागि निकास निकालि दिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ ।

विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्वर्गद्धारी आश्रम अन्तगर्त विभिन्न १२ मौजामा खेतिकिसानी गर्दै आएका मौजाका प्रतिनिधिहरुसहित प्रशासन पुगेको संघर्ष समितिले आइतबार प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले तीन÷चार पुस्तादेखि मोहिकारुपमा स्वर्गद्धारी आश्रमको जग्गा जोतभोग गरिरहेका किसानहरुले दशकौ बितिसक्दा समेत जग्गामा स्वामित्व प्राप्त गर्न नसकेकाले अन्तिम पटक शान्तिपूर्ण तरिकाले स्वर्गद्धारी आश्रमसँग वार्ता र सहमतिको लागि प्रशासनको सहयोग लिन खोजेको बताउनुभयो । संघर्ष समितिका अध्यक्ष चौधरीले आफूहरु कसेको पनि बिरोधी नभइ आफ्नो हक अधिकारका लागि अगाडी बढेको बताउँदै स्वर्गद्धारी आश्रमलाई कठिन दिनहरुमा पनि किसानहरुले नै साथसहयोग गरेको चर्चा गर्नुभयो ।

जग्गामा रहेको दोहोरो स्वामित्वले गर्दा आश्रम अनि आफूहरु समेत समस्यामा परेको बताउँदै अब पनि शान्तिपूर्ण तरिकाले निकास ननिस्किएका १२ मौजाका हजारौ किसानहरु निर्णायक कडा आन्दोलनमा उत्रने बताउनुभयो । सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले यो विषयमा आफूले थाहा पाएपनि पूर्णरुपले जानकार नभएकाले केही दिन अध्ययन गरेर एकसाताभित्रै आश्रम र किसान संघर्ष समितिबीच छलफलको आयोजना गरी निकास निकाल्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउनका लागि संघर्ष समितिको आग्रहमा प्रशासनमा पुग्नु भएका भुमि अधिकार मञ्च दाङका अध्यक्ष देउमन दमाई, नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासन, किसान नेता भरतराज गिरी, प्रविण दहितलगायतकाले किसानहरुको समस्या सम्बोधन गरेमा स्वर्गद्धारी आश्रमलाई पनि फाइदा पुग्ने भएकाले अब यो विषयमा धेरै अल्झना नहुने बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID