चार्ड पर्वका बेला हुन सक्ने घटना, दुर्घटना रोकथामका लागि सामाजिक कार्यमा जुट्नु होस् : प्रदेश सदस्य पोख्रेल 

एमाले राप्तीद्वारा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम 

ओमप्रकाश गुप्ता

भालुवाङ ३ कार्तिक । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेलले चार्ड पर्वका बेला हुन सक्ने घटना, दुर्घटना तथा अपराधिक क्रियाकलाप रोक्न प्रहरी सँग समन्वय गरि काम गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार राप्ती गाउँपालिका २ लालमटियामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।

प्रमुख अतिथि समेत रहेका पोख्रेलले राप्ती गाउँपालिका राजधानीको पालिका भएकोले चार्डपर्वका बेला सवारी दुर्घटना अत्यधिक बढेकोले सामाजिक कार्यमा जुट्न नेता कार्यकर्ताहरूलाई यस्तो आग्रह गरेका हुन् । यस्तै पोख्रेलले पार्टीले गरेका राम्रा कामका कारण जनताका माझ लोकप्रिय बनेको बताएका छन् । जनताले मन पराएका कारण गठबन्धनका बापजुद पनि दोस्रो पार्टी बन्न सफल भएको बताएका छन् ।

पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, नेकपा एमाले दाङ जिल्ला सचिवालय सदस्य हरि बेल्वासे, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, साविक लालमटिया गाविसका पुर्व उपाध्यक्ष धर्मराज अधिकारी, थारू कल्याणकारणीय सभाकी रामपति चाैधरी, बुद्धिजीवी परिषद्का प्रदेश सदस्य ताराप्रसाद भुसाल, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य, सन्तोषकुमार गुप्ता, अनेरास्ववियु जिल्ला उपाध्यक्ष बसन्त भण्डारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसकी स्ववियु सभापति विष्णा भण्डारी (संगिता) लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणि न्याैपानेले गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID